- संगालोखबर सम्वाददाता

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ घर भई बुद्धशान्ति–३ मा बस्दै आएका ३१ वर्षीय मोहमद हुसेन छन् ।

Advertisement

गएराती करिव ९ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी टोलीले हुसेनलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्दा हुसेनको साथबाट १०२ ग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै मेचीनगर–८ का बिकाश राजबंशीको कोठामा लुकाई राखेको २५ ग्राम २५० मिलिग्राम ब्राउनसुगर र १ थान डिजिटल तराजुसमेत बरामद गरेको छ ।

ब्राउन सुगरसहित पक्राउ परेका हुसेनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  राजबंशी कोठामा नभएकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!