संगालोखबर सम्बाददाता

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । झापा–१ मा नेकपा एमालेका अग्नि खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा निर्वाचित भएका हुन् ।

Advertisement

आज साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले उम्मेद्वार खरेलले २५ हजार ३४९ मत ल्याएका छन् ।

यो समाचार तयार पार्दासम्म देशभर कांग्रेसले प्रतिनिधिसभा तर्फ १७ ठाउँमा बिजय प्राप्त गरेको छ भने एमालेले ७ ठाउँमा जित हासिल गरेको छ । कांग्रेसले ४० ठाउँमा अग्रता हासिल गर्दा एमालेले ३७ ठाउँमा अग्रता लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!