संगालोखबर सम्वाददाता
फायल तस्वीर

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–२ ताबुमा पेस्तोलसहित बिष्फोटक पदार्थ फेला परेको छ । ईलाका प्रहरी कार्यालय दिङ्लाबाट गस्तिमा खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद गरेको हो ।

टहरोमा लुकाएर राखिएको अवस्थामा पेस्तोलसहित बिस्फोटक पदार्थ फेला परेको हो । बरामद भएको सकेट बम नेपाली सेनासँगको समन्वयमा डिस्पोज गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!