संगालोखबर सम्बाददाता

 

Advertisement

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–७ बाट भरुवा बन्दुकसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको पाईएपछि स्थानीय २२ बर्षीय लालबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

भरुवा बन्दुक लुकाएर राखेको सुचना पाएपछि प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले बिहान पौने १० बजे उनलाई पक्राउ गरेको हो । तामाङको घरबाट भरुवा बन्दुक पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!