Avatar photoRabin Katel

धनकुटा । तेह्रथुम र ताप्लेजुङका तीन जनालाई तमोर नदीले बगाएको छ । तेह्रथुमका दुई र ताप्लेजुङका एक जनालाई सोमबार दिउँसो नदीले बगाउँदा बेपत्ता भएका हुन् ।

Advertisement

दिउँसो ३ बजे साथीहरुसँग तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई तमोरले बगाएको हो । पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका उनीहरुको खोजी भईरहेको भएपनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । आफन्त र ईलाका प्रहरी कार्यालय आठराईको प्रहरी टोलीले उनीहरुको खोजी गरिरहेको छ ।

यता, ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई पनि सोमबार दिउँसो तमोर नदीले बगाएको छ । दिउँसो २ बजे घरबाट टिपटाला तर्फ जाँदै गरेका लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्याएको हो ।

लिम्बुको पनि तमोर नदीमा खोजी भईरहेको छ । तर, हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement