संगालोखबर सम्वाददाता
फायल तस्वीर

मोरङ । बिराटनगरमा आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ओल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा बुढीगंगा–५ दिपुटोलका २५ बर्षीय सन्तोष महतोको मृत्यु भएको हो ।

दिउँसो साढे १ बजे बिराटनगर–६ स्थित स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका उनलाई उपचारका लागि बिराट नर्सिङ होम पुर्याईएको थियो ।

Advertisement

उपचारकै क्रममा दिउँसो साढे २ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी सोही स्टोरमा ओल्डिङको काम गर्दै आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!