संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा एकैदिन दुई जना मृत फेला परेका छन् । पाख्रीवास नगरपालिका वडा नं.८ मा बालिका र वडा नं.३ मा महिलाको शव फेला परेको हो ।

Advertisement

पाख्रीवास–८ मार्सेडाँडाका तेजबहादुर भट्टराईकी १४ बर्षीया छोरी नेत्रकुमारीको शव घर भन्दा करिव ७ सय मिटर पर सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । घाँटीमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

यता, पाख्रीवास–३ मुगाखोलाकी २७ बर्षीया मनिसा कटुवालको पनि शव फेला परेको छ । आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा कटुवालको शव फेला परेको हो । उनको पनि सलकै पासो लगाएर झुण्डिएको अवस्थामा शव भेटिएको छ । मृतक कटुवालको ‘सुसाईड नोट’ फेला परेको बताईएको छ । तर, सुडाईड नोटमा के छ भन्ने बिषय प्रहरीले खुलाएको छैन । प्रहरीले यो बिषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

बिहान करिव ८ बजे बालिकाको शव र दिउँसो करिव ३ बजे महिलाको शव फेला परेको हो । रुखमा झुण्डिएको अवस्थामा बालिकाको शव भेटिएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पाख्रीवासबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट पनि प्रहरी टोली घटनास्थल गयो ।

बालिकाको लास जाँच मुचुल्का सक्दा नसक्दै महिलाको पनि शव भेटिएको खबर पाएपछि प्रहरी टोली महिलाको शवको मुचुल्का उठाउँन पुगेको थियो । प्रहरीले बालिका र महिलाको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याएको छ । दुबै घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!