मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ बाट आज ९० हजार भन्दा बढीको अबैध सुर्तिजन्य पदार्थ बरामद भएको छ । सिमा प्रहरी चौकी पोखरीयाबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिहान करिव ६ बजे सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।
सुर्तिजन्य पदार्थ ओसारपसारमा संलग्न स्थानीय २० बर्षीय अमर शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुर्तिजन्य पदार्थसहित शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।शाहलाई पक्राउ गरी उनको कारोबारका बिषयमा अनुसन्धान भईरहेको सिमा प्रहरी चौकी पोखरीयाले जनाएको छ ।