संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाकी दलित बालिकामाथि यौन शोषणको आरोप लागेका चार जनालाई जिल्ला अदालत धनकुटाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाकी १४ बर्षीया बालिकालाई पटक–पटक यौन शोषण गरेको किटानी जाहेरी परेपछि धनकुटा–६ आत्माराका शिक्षक मदन अधिकारी, गौरी अत्री, भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई पक्राउ गरी मुद्दा दायर गरिएको थियो । १८ बर्ष मुनिका बालिकालाई सहमतिमै शारीरिक सम्पर्क राखेपनि जबरजस्ती करणी ठहरिने कानुनी व्यवस्था भएकाले प्रहरीले उनीहरुबिरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरुलाई अदालतको आदेशसँगै जिल्ला कारागार पठाईएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । अब अदालतको फैसलापछि यो बिषयको किनारा लाग्नेछ । अदालतले दोषी ठहर गरेमा कैद सजाय हुनेछ भने निर्दोष ठहरिएमा थुनामुक्त हुनेछन् ।

उनीहरुले ती बालिकालाई ललाईफकाई महिनौं अघिदेखि पटक–पटक यौन शोषण गरेको आरोप छ । यौन शोषणमा परेकी बालिकामा गर्भ रहेर पेट बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको थियो । अहिले १४ बर्षीया ती बालिकाको पेटमा ६ महिनाको गर्भ छ ।

यो पनि हेर्नुहोस्…

यौन शोषण आरोप लागेका अधिकारीलाई नेकपाले गर्यो निलम्बन

 

धनकुटाकी बालिकामाथि यौन शोषण गर्नेलाई लिंगबिहिन बनाउँन सांसदको माग (भिडियोसहित)

 

धनकुटाका शिक्षक अधिकारी प्रहरी नियन्त्रणमा, चार जनाबिरुद्ध जबरजस्ती करणी मुद्दा दायर

 

यौन शोषण आरोप लागेका अधिकारीको बिज्ञप्ति : म निर्दोष छु, षड्यन्त्रपूर्वक फसाउँन खोजियो

 

धनकुटामा बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जना पक्राउ, शिक्षक अधिकारी फरार

 

धनकुटामा महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!