संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाबाट लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । कोशी–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट भारत सुपौल ग्राम पंचायत–१ का २० बर्षीय लक्ष्मणकुमार पासवान र १९ बर्षीय अर्जुनकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा कालो प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर फेला परेको हो ।

प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ १ हजार २ सय ५० र भारतका विभिन्न बैंकका एटिएम कार्डसमेत बरामद गरेको छ । उनीहरुको कारोबारका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!