संगालोखबर सम्वाददाता

इलाम । इलाममा शुक्रबार रुखमा झुण्डिएको अवस्थामा देवर भाउजूको शव फेला परेको छ । माङसेबुङ गाँउपालिका–६ मावाटोल स्थित रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

Advertisement

स्थानीय २७ बर्षीय बिशाल राई र उनकी भाउजू २६ बर्षीया गिता राईको शव रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरु घरमा कसैलाई नसोधी हिडेका थिए । बिहिबार बिहान घरबाट निश्किएका देवर भाउजू घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान करिव ११ बजे उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

घरदेखि करिव सात सय मिटर टाँढा रहेको दारजातको रुखको एउटै हाँगामा प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा दुबै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृत्युको कारण बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!