गाउँपालिका अध्यक्ष शेर्पाको निधन
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान निधन भएको छ । क्यान्सरपीडित ३९ बर्षीय अध्यक्ष शेर्पाको बिहान करिव साँढे ८ बजे निधन भएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिका उपाध्यक्ष टसील्हामु शेपाले मृत्युको पुष्टि गरेकी छन् । संगालोखबरसँग उनले भनिन्–‘११ महिना अघिदेखि उहाँलाई आन्द्राको क्यान्सर भएको थियो । घरमै आराम गरेर बसीरहेका बेला आज बिहान उहाँको ...






























