प्रदेश १ का पाँचसहित ३६ जना एसपी फेरिए

प्रदेश १ का पाँचसहित ३६ जना एसपी फेरिए

बिराटनगर । प्रदेश नं.१ का पाँचसहित ३६ जना प्रहरी उपरीक्षक (एसपी) फेरिएका छन् । मोरङ, सुनसरी, धनकुटा, ईलाम, उदयपुर लगायत जिल्लाका एसपी परिवर्तन भएका हुन् । प्रहरी महानिरीक्षकको निर्णय अनुसार असार महिनाको तलब भत्तासमेत सरुवा भएको स्थानबाटै पाउने गरी एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । धनकुटाका एसपी सुदर्शन प्रसाद कोईरालाको मकवानपुर स्थित बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा...
हिलेमा लकडाउन अवधिको भाडा छुट गर्ने ४७ घरधनीलाई सम्मान

हिलेमा लकडाउन अवधिको भाडा छुट गर्ने ४७ घरधनीलाई सम्मान

धनकुटा । लकडाउनको अवधिमा भाडा छुट गर्ने हिलेका घरधनीहरुलाई सोमबार सम्मान गरिएको छ । बहालमा बस्नेहरुलाई संकटका बेला भाडा छुट गरेर सहयोग पुर्याएको भन्दै धनकुटा उद्योग बाणिज्य संघले हिलेका ४७ जना घरधनीहरुलाई सम्मान गरेको हो । घर भाडा छुट गर्नेहरुलाई सम्मान गर्ने अभियान अनरुप हिले बजारका घर धनीहरुलाई पनि सम्मान गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए । घर धनीहरुलाई उद्योग...
प्रदेश १ सरकारद्वारा ४० अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

प्रदेश १ सरकारद्वारा ४० अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

विराटनगर । १ नं. प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ४० अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४५ हजार र चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार बिनियोजन गरिएको छ । बजेटमा पुँजीगततर्फ ५३.७१ प्रतिशत र चालु...
धनकुटामा प्रादेशिक शिक्षण अस्पताल बनाउँँने बिषय बजेटमा समेटियो

धनकुटामा प्रादेशिक शिक्षण अस्पताल बनाउँँने बिषय बजेटमा समेटियो

विराटनगर । धनकुटामा प्रदेशिक शिक्षण अस्पताल बनाउँने बिषय आगामी आर्थिक बर्षको बजेटमा समेटिएको छ । १ नं.प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षण अस्पतालको बिषयलाई समेटेको हो । बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षण अस्पतालका लागि बजेट बिनियोजन गरेको जानकारी दिएका छन् । ‘धनकुटामा प्रादेशिक शिक्षण अस्पताल स्थापनार्थ बिस्तृत सम्भाव्यता अध्ययन...
प्रदेश नं.१ को बजेट सार्वजनिक हुँदै (लाईभ)

प्रदेश नं.१ को बजेट सार्वजनिक हुँदै (लाईभ)

विराटनगर । १ नं.प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दैछ । प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशनको बाह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट सार्वजनिक गर्दैछन् । हेर्नुहोस् लाईभ भिडियो...
सुन्दरहरैंचामा माछा पोखरीमा डुबेर युवकको मृत्यु

सुन्दरहरैंचामा माछा पोखरीमा डुबेर युवकको मृत्यु

मोरङ । माछा पोखरीमा डुबेर मोरङको सुन्दरहरैंचाका एक युवकको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका–१० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय २० बर्षीय आकाश राईको मृत्यु भएको हो । आईतवार राती सवा ८ बजे साथीहरुसँग नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि बिपद व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र प्रहरीको टोली घटनास्थल गएको थियो । पोखरीभित्र खोजि गर्ने क्र...
लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले भोक्राहा नरसिंह गाउँपालिका–४ र बर्जु गाउँपालिका–३ बाट एक/एक जनालाई पक्राउ गरेको हो । भोक्राहा नरसिंह गाउँपालिका–८ का शिवशंकर मेहेता अबैध लागुऔषध डाईलेक्स डी.सी.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेटसहित पक्राउ परेका हुन् । त्यस्तैगरी बिराटनगर महानगरपालिका–१६ का सन्तोष मण्...
भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । षडानन्द नगरपालिका–३ मा चट्याङ लाग्दा ट्याम्केमैयुम गाउँपालिका–१ की १० बर्षीया रितिका राउतको मृत्यु भएको हो । मावली घरमा बस्दै आएकी  राउतको चट्याङ लागेर मृत्यु भएको हो । घर छेउको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर घाईते भएकी बालिकालाई उपचारका लागि खार्ताम्छा उप–स्वास्थ्य चौकी लगिएको थियो । उपचारकै क्रममा आईतबार साँझ पौने ६ बजे उनको मृ...
आज प्रदेश १ को बजेट सार्वजनिक गरिदै

आज प्रदेश १ को बजेट सार्वजनिक गरिदै

विराटनगर । १ नं.प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आज सार्वजनिक गर्दैछ । प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशनको बाह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्री आङ्बोले आगामी आर्थिक बर्षको राजश्व र आय, व्ययको बार्षिक अनुमान प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले ज...
मोरङका २५ सहित थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

मोरङका २५ सहित थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आईतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका २५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सुनसरीका १ जना, झापाका १ जना र सप्तरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तैगरी पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका ६ जना, रौतहटका ७६ जना, नवलपरासी पूर्वका ४ जना, बझाङका ५ जना, डडेलधुराका २४ जना, डोटीका ३ जना, कैलालीका १२ जना, ...
पाँचथरमा लडेर एक जनाको मृत्यु

पाँचथरमा लडेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिममा हिड्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । लडेर घाईते भएका फिदिम नगरपालिका–१ का ३७ बर्षीय चन्द्रकुमार आङवोको उपचारका क्रममा मृत्यु भएको हो । शनिवार साँझ करिव ६ बजे हिड्दै गर्दा लडेर आङवो घाईते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उपचारकै क्रममा गएराती करिव १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
धनकुटामा असहाय वृद्धवृद्धालाई राहत, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

धनकुटामा असहाय वृद्धवृद्धालाई राहत, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

धनकुटा । धनशोभा राई स्मिृति सेवा केन्द्र धनकुटाले असहाय तथा फरक क्षमता भएका बिपन्न वृद्धवृद्धाहरुलाई राहत र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्वर्गिय धनशोभा राईको छैठौं स्मिृति दिवसको अवसर पारेर केन्द्रले धनकुटा नगरक्षेत्रका २४ जना वृद्धवृद्धालाई राहत र ४ जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । धनकुटा नगरपालिकाको वडा नंं.३, ४, ५, ६, ७ र ८ का वृद्धवृद्धालाई रा...
धनकुटाको सडकमा दोस्रो दिन पनि मौन प्रदर्शन

धनकुटाको सडकमा दोस्रो दिन पनि मौन प्रदर्शन

धनकुटा । धनकुटाका युवा युवतीहरुले शुक्रबार पनि जिल्ला सदरमुकाममा मौन प्रदर्शन गरेका छन् । हुलाकटोलस्थित सडकमा बसेर उनीहरुले सरकारको ध्यानाकर्षण गराउँन प्लेकार्डसहित दवावमूलक प्रदर्शन गरेका हुन् । दवावमूलक र व्याङ्ग्यात्मक नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु सडकमा बसेका थिए । ‘कर के का लागि ?, १० अर्ब खै ? जनता जान्न चाहन्छन्, क्वारेनटाईन सुरक्षित गर, आरडीटी परीक्षण बन्द गर, सरकार तिम्रो पाराले ...
धनकुटाका आठौं संक्रमित पनि कोरोनामुक्त, सबै निको भएपछि संक्रमितरहित बन्यो धनकुटा

धनकुटाका आठौं संक्रमित पनि कोरोनामुक्त, सबै निको भएपछि संक्रमितरहित बन्यो धनकुटा

धनकुटा । धनकुटाका आठौं कोरोना संक्रमित युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएपछि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत सहिदभूमीका २७ बर्षीय युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । रोजगारीको सिलसिलामा भारत गएर फर्किएका उनको पीसीआर परीक्षण गर्दा जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा परीक्ष...
सुन्दरहरैंचामा कारको ठक्करबाट एक जनाको मृत्यु

सुन्दरहरैंचामा कारको ठक्करबाट एक जनाको मृत्यु

बिराटनगर । मोरङको सुन्दरहरैंचामा कारको ठक्करबाट घाईते भएकी एक महिलाको आज मृत्यु भएको छ । कारको ठक्करबाट घाईते भएकी सुन्दरहरैंचा—६ की ४२ बर्षीया हिमा आचार्यको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहिबार सुन्दरहरैचाको दुलारी चौकस्थित राजमार्गमा को.१ च.८४८३ नम्बरको कारले साईकलमा सवार आचार्यलाइ ठक्कर दिँदा उनी गम्भीर घाईते भएकी थिईन । उपचारका लागि उनलाई बिराटनगरस्थित न्युरो अस्पताल ल्याई...
सोलुखुम्बुमा ढुंग्रीले हानेर छोराद्वारा बाबुको हत्या

सोलुखुम्बुमा ढुंग्रीले हानेर छोराद्वारा बाबुको हत्या

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाँउपालिकामा ढुंग्रीले हानेर छोराले बाबुको हत्या गरेका छन् । महाकुलुङ–४ का १९ बर्षीय कुबेर राईले घरायसी विवादमा आफ्नै बाबु ५७ बर्षीय सन्तकुमार राईको हत्या गरेको प्रहरीले जनाएको छ । बाबु छोराबीच बिहिबार राती विवाद भएको थियो । विवादका क्रममा झगडा हुँदा कुबेरले बाबुलाई आगो फुक्ने फलामको ढुंग्रीले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । आफन्तले घटना...
सुनसरीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

सुनसरीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

  सुनसरी । सुनसरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । देवानगंज—७ रासीका जगरुप यादवकी पाँच बर्षीया छोरी लक्ष्मी कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएका हो । बिहिबार साँझ छ बजे घर नजिकैको पोखरी छेउमा खेल्ने क्रममा बालिका लडेकी थिईन । लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले देखेपछि उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उदयपुरमा बुबाले चलाएको ट्याक्टर पल्टिँदा छोरीको मृत्यु

उदयपुरमा बुबाले चलाएको ट्याक्टर पल्टिँदा छोरीको मृत्यु

उदयपुर । उदयपुरमा बुबाले चलाएको ट्याक्टर दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ । उदयपुरगढी–७ बाघखोरमा स.१ त.५१०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी उदयपुरगढी–६ की ९ बर्षीया बिबिषा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिका ट्याक्टर चालक बिदुर पाण्डेकी छोरी हुन् । बिहिबार साँझ करिव ५ बजे पाण्डेले चलाएको ट्याक्टर दुर्घटना हुँदा छोरी बिबिषाको घटनास्थलमै मृत्...
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । रामप्रसादराई गाउँपालिका–५ स्थित भित्री सडक खण्डमा को.२ त.८७१४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी रामप्रसादराई गाउँपालिका–५ की १४ बर्षीया पुष्पा पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बिहिबार साँझ ५ बजे अनियन्त्रित भई ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा ट्याक्टरमा सवार बालिकाको घटनास...
धनकुटामा सरकारबिरुद्ध मौन प्रदर्शन (फोटो फिचरसहित)

धनकुटामा सरकारबिरुद्ध मौन प्रदर्शन (फोटो फिचरसहित)

धनकुटा । सरकारको काम प्रति असन्तुष्टि जनाउँदै धनकुटाका युवायुवतीहरुले बिहिबार जिल्ला सदरमुकाममा सरकारबिरुद्ध मौन प्रदर्शन गरेका छन् । स्वतस्फूर्त रुपमा दर्जनौंको संख्यामा निश्किएका युवायुवतीहरुले प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका हुन् । दवावमूलक नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित मदनचौकमा निश्किएका उनीहरुले दिउँसो १२ देखि १ बजेसम्म मौन प्रदर्शन गरेका छन् । ‘क्वारेन्टाईन सुरक्षित गर, ...
उर्लाबारीमा मुख्यमन्त्री राईको पुत्ला दहन, अस्पतालको नाममा राजनीति गरेको भन्दै प्रदर्शन

उर्लाबारीमा मुख्यमन्त्री राईको पुत्ला दहन, अस्पतालको नाममा राजनीति गरेको भन्दै प्रदर्शन

मोरङ । मोरङको उर्लाबारीमा बिहिबार प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको पुत्ला दहन गरिएको छ । प्रदेश सरकारले उर्लावारी–३ स्थित मंगलबारे अस्पतालको नाम फेरेर ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउँन लागेको बिरोधमा मुख्यमन्त्री राईको पुत्ला जलाईएको हो । अस्पतालको नाम फेरेर स्तरोन्नती गर्ने बिषय प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएपछि आक्रोशित बनेका स्थानीयले मुख्यमन्त्रीको पुत्ला जलाउ...
भोजपुरमा बजार अनुगमन : म्याद नाघेका खाद्य वस्तु बेच्ने २२ पसललाई गराईयो बन्द

भोजपुरमा बजार अनुगमन : म्याद नाघेका खाद्य वस्तु बेच्ने २२ पसललाई गराईयो बन्द

भोजपुर । लकडाउनको समयमा म्याद गुज्रिएका सामाग्री बिक्री गर्ने भोजपुरका खाद्य पसलहरुलाई बन्द गराईएको छ । बजार अनुगमन गर्दा म्याद गुज्रिएका बस्तु फेला परेपछि त्यस्ता सामाग्री बेच्ने पसललाई तत्कालका लागि बिक्री वितरणमा रोक लगाइएको हो । अनुगमनका क्रममा म्याद नाघेका खाद्य बस्तु पाईएपछि सदरमुकामसहित आसपास क्षेत्रका २२ भन्दा बढी पसल सञ्चालनमा रोक लगाईएको अनुगमन टोलीले जनाएको छ । ग्रामीण भेगमा सामान बि...
सुनसरीमा खाटबाट लडेर बालिकाको मृत्यु

सुनसरीमा खाटबाट लडेर बालिकाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाँउपालिकामा खाटबाट लडेर एक बालिकाको मृत्यु भएको छ । खाटबाट लड्दा कोशी गाउँपालिका–३ की १६ बर्षीया अन्जिता उरावको मृत्यु भएको हो । बुधबार अपरान्ह ४ बजे खाटमा बसेर टिभी हेरिरहेका बेला उराव खाटबाट खसेकी थिईन् । लडेर बेहोस भएकी उरावलाई उपचारका लागि लैजादै गर्दा साँझ करिव सवा ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धनकुटामा भाडा मिनाहा गर्ने घरधनीलाई घर–घरमै पुगेर सम्मान

धनकुटामा भाडा मिनाहा गर्ने घरधनीलाई घर–घरमै पुगेर सम्मान

धनकुटा । लकडाउनका बेला घरभाडा मिनाहा गर्ने धनकुटाका घरधनीहरुलाई आज उद्योग बाणिज्य संघले सम्मान गरेको छ । भाडा मिनाहा गर्ने धनकुटा बजारका ६७ जनाको घर–घरमै पुगेर बाणिज्य संघको टोलीले उनीहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष बिजयसन्तोषी राईसहितको टोलीले भाडा मिनाहा गर्ने घरधनीहरुलाई दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो । कोराना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण व्यापार, व्यावस...
हिलेमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला दहन

हिलेमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला दहन

धनकुटा । धनकुटाको हिलेमा आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला दहन गरिएको छ । पछिल्लो समय चर्चामा रहेको एमसीसी नेपालमा लागु गर्न खोजेको बिरोधमा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला जलाईएको हो । राप्रपा (लोकतान्त्रिक) को अगुवाईमा निस्किएका युवाहरुले ओली र ट्रम्पको पुत्ला जलाउँदै सडकमा नाराबाजी गरेका हुन् । उनीहरुले प्रधानमन्त्री ओलीका...
विदेशी तरकारी तथा फलफुल आयात रोक्न माग

विदेशी तरकारी तथा फलफुल आयात रोक्न माग

बेलबारी । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) १ नम्बर प्रदेश समितिले विदेशबाट तरकारी तथा फलफुल आयात रोक्न माग गरेको छ । लकडाउन भएको लामो समय बितिसक्दा पनि भारतीय तरकारी तथा फलफुल आयात नरोकिएको भन्दै बैध माओवादी निकट किसान महासंघले यस्तो माग गरेको हो । महासंघका प्रदेश १ संयोजक हिमप्रसाद मिश्रले प्रेस बिज्ञप्ति जारी गर्दै बिदेशबाट आयात रोकेर आफ्नै देशका किसानले उत्पादन गरेका तरकारी तथा फलफुल म...
धनकुटामा शिक्षण अस्पताल बनाउँने विषय ओझेलमा, आश्वासन दिएर खेलाँची नगर्न सांसदको खबरदारी

धनकुटामा शिक्षण अस्पताल बनाउँने विषय ओझेलमा, आश्वासन दिएर खेलाँची नगर्न सांसदको खबरदारी

बिराटनगर । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुले धनकुटामा ५ सय शैयाको शिक्षण अस्पताल बनाउँने विषय ओझेल परेको भन्दै प्रदेश सभामा खबरदारी गरेका छन् । सोमबार र मंगलबारको प्रदेश सभा बैठकमा बोल्दै सांसदहरुले गत बर्षको बजेटमा समावेश शिक्षण अस्पताल बनाउँने योजनालाई प्रदेश सरकारले यस पटकको नीति तथा कार्यक्रममा नसमेटेको भन्दै खबरदारी गरेका हुन् । प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷०७७ को बजेटमा धन...
भारतबाट ल्याउँदै गरेको अबैध कपडा बरामद

भारतबाट ल्याउँदै गरेको अबैध कपडा बरामद

झापा । भारतबाट ल्याउँदै गरेको अबैध कपडा झापामा बरामद भएको छ । मेचीनगर नगरपालिका–७ टुक्रेबाँधबाट १ लाख १० हजार बराबरको अबैध कपडा बरामद भएको हो । गएराती पौने ८ बजे भारतबाट अबैध रुपमा ल्याउँदै गरेको सुतिको कपडा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद भएको कपडालाई मेची भन्सार कार्यालय बुझाईने प्रहरीले जनाएको छ ।
धनकुटाकी दिक्षिताले गरिन् ‘टीयू टप’

धनकुटाकी दिक्षिताले गरिन् ‘टीयू टप’

धनकुटा । धनकुटाकी दिक्षिता लामाले सर्वाधिक अंक ल्याउँदै व्याचलर अफ फार्मेसी संकाय उत्रीर्ण गरेकी छन् । काठमाडौंको सोल्टीमोडस्थित मनमोहन मेमोरियल ईन्स्टिच्यूट अफ हेल्थ साईन्सेसमा अध्ययनरत लामाले सर्वाधिक अंक ल्याउँदै चार बर्षे व्याचलर अफ फार्मेसी संकाय उत्रीर्ण गरेकी हुन् । त्रिभुवन विश्वविद्यालयको व्याचलर अफ फार्मेसी संकायमा अध्ययनरत देशभरका विद्यार्थीहरु मध्ये दिक्षिताले सर्वाधिक अंक ८५.९२ प्र...
झापाका २८ कोरोना संक्रमित निको भएर डिस्चार्ज

झापाका २८ कोरोना संक्रमित निको भएर डिस्चार्ज

धरान । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत झापाका २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उपचारका क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । डिस्चार्ज हुँने २८ जना नै पुरुष हुन् । १८ देखि ५६ बर्षसम्मका उनीहरु उपचार पश्चात निको भएपछि डिस्चार्ज गरेर पठाईएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । बी...
धनकुटामा आंशिक रुपमा खुल्न थाले पसल

धनकुटामा आंशिक रुपमा खुल्न थाले पसल

धनकुटा । धनकुटामा आंशिक रुपमा पसलहरु खुल्न थालेका छन् । अत्यावश्यक सामाग्रीका पसलहरु बिहान ५ घण्टा र बेलुका २ घण्टा खोल्न थालिएको हो । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आंशिक रुपमा पसल खोल्न दिने निर्णय गरेको थियो । सोही अनुरुप खाद्यान्न, तरकारी, निर्माण सामाग्री लगायत अत्यावश्यक पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिक...
error: Content is protected !!