संगालोखबर सम्वाददाता
फाईल तस्वीर

संखुवासभा । संखुवासभाको ओयाङ्गमा आज बिहान पहिरो खस्दा अरुण नदी थुनिएको छ । बिहान करिव साँढे ९ बजे मकालु गाउँपालिका–२ र ५ नम्बर वडामा पर्ने ओयाङ्गमा पहिरो खस्दा अरुण नदी थुनिएको हो । पहिरोले नदी थुनिएर आंशिक रुपमा मात्र पानी बगेकाले अहिले सो क्षेत्रमा पानी जमेर ड्याम बनेको छ ।

ड्याम फुटेमा क्षति पुर्याउँनसक्ने भएकाले नदी आसपास क्षेत्रका बस्ती हटाउँन थालिएको संखुवासभाका डिएस्पी नवराज मल्लले संगालोखबरलाई जानकारी दिए । ‘तत्काल हामीले एउटा परिवारलाई त्यहाँबाट हटाएका छौ ।’ डिएस्पी मल्लले भने–‘नदी नखोलिएर पानी जम्ने क्रम बढ्दै गयो भने अन्य बस्ती पनि हटाउँने योजना बनाएका छौ ।’

Advertisement

ओयाङ्ग स्थित नदी नजिक घर भएका प्रकाश राईको परिवारलाई सो स्थानबाट स्थानान्तण गरिएको हो । सो क्षेत्रका मानिसहरुलाई नदी आसपास क्षेत्रमा नजान प्रहरीले आग्रह गरेको छ । जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउँनका लागि अहिले सो क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

पहिरोले अरुण थुनिएपछि धनकुटामा सतर्कता : नदी आसपास क्षेत्रमा नजान प्रशासनको अपिल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!