गोमा ढुंगाना/संगालोखबर

धनकुटा । संखुवासभाको मकालु गाउँपालिकास्थित ओयाङ्गमा पहिरो जाँदा नदी थुनिएर जोखिम भएकाले अरुण नदी तटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीहरुलाई अपिल गरेको छ ।

Advertisement

प्रशासन कार्यालयले आज दिउँसो सूचना जारी गर्दै अरुण नदीसँग जोडिएका धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका, सहिदभूमी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाबासीलाई यस्तो अपिल गरेको हो । ‘नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा कुनै पनि समयमा हुनसक्ने सम्भावित घटनाबाट जोगिनका लागि अरुण नदी किनारमा नजानु हुन, नदीमा माछा मार्ने, पौडी खेल्ने लगायत कार्य नगर्नु हुन र उच्च सतर्कता अपनाउँन अनुरोध गर्दछौ ।’ प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीद्वारा जारी सूचनामा भनिएको छ ।

आज बिहान करिव साँढे ९ बजे मकालु गाउँपालिका–२ र ५ नम्बर वडामा पर्ने ओयाङ्गमा पहिरो खस्दा अरुण नदी थुनिएको हो । पहिरोले नदी थुनिएर आंशिक रुपमा मात्र पानी बगेकाले अहिले सो क्षेत्रमा पानी जमेर ड्याम बनेको छ । ड्याम फुटेमा क्षति पुर्याउँनसक्ने भएकाले नदी आसपास क्षेत्रमा सर्तकता अपनाईएको हो ।

संखुवासभामा पहिरोले अरुण नदी थुनियो, आसपास क्षेत्रका बस्ती जोखिममा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!