गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा शनिवार (भोली) दिउँसो विद्युत अवरुद्ध हुँने भएको छ । शनिवार ७ घण्टा विद्युत अवरुद्ध गरेर विद्युत प्राधिकरणले धरान–धनकुटाको विद्युत लाईन मर्मत गर्न लागेको हो ।

Advertisement

३३ केभी विद्युत लाईन वरपरका रुखका हाँगाविगा, झाडी कटान तथा लाईनको जम्पर कस्ने र डिक्स पिन बदल्नुपर्ने भएकाले शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुँने प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले जानकारी दिए । उनका अनुसार मौसम प्रतिकूल भए विद्युत अवरुद्ध हुँने समय हेरफेर हुन सक्नेछ ।

लाईन मर्मतका लागि धरानबाटै ३३ केभी लाईन बन्द गरिने हुँनाले धनकुटासहित छिमेकी जिल्ला भोजपुर, तेह्रथुम र संखुवासभाका केही क्षेत्रमा पनि विद्युत प्रभावित हुनेछ । प्राधिकरणले आवश्यकता अनुसार लाईन मर्मतका लागि विद्युत अवरुद्ध गर्ने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!