सुनसरी । सुनसरीको बराहक्षेत्रमा छानाबाट लडेर एक जनाको मृत्यु भएको छ । घरमा टिनको छाना लगाउँने क्रममा लड्दा बराहक्षेत्र नगरपालिका–३ का २३ बर्षीय शुशिल मेहेताको मृत्यु भएको हो ।
बराहक्षेत्र–८ चौफालाकी फुलकुमारी चौधरीको घरमा टिनको छाना लगाउने क्रममा बुधबार साँझ करिव साँढे ५ बजे छानाबाट लड्दा मेहेता गंभीर घाईते भएका थिए ।
उनलाई उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा साँझ साँढे ६ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।