पाँचथर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु

पाँचथर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु

बिराटनगर । पाँचथर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बुधवार बेलुका पाँचथरको याङवरक गाउँपालिका–४ का ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा सर्ट भएको बिद्युतको तार बनाउने क्रममा करेन्ट लागेर काम्बाङ घाईते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उपचारका क्रममा बेलुका ७ बजे  उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जना...
झापामा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु

झापामा सशस्त्र प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु

झापा । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा बुधबार साँझ सशस्त्र प्रहरीले हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरी गोली चलाउँदा कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो । गाउँमा गोरु काटेको खबर पाएपछि सो स्थानमा प्रहरी टोली गएको थियो । त्यहाबाट प्रहरीले काटिएको अवस्थामा गोरुको टाउको र खुट्टा बरामद गर्यो । सो क्रममा आक्रोसित स्थ...
धनकुटाको चौबिसेमा एक साता सवारी प्रवेश गर्न नदिइने

धनकुटाको चौबिसेमा एक साता सवारी प्रवेश गर्न नदिइने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आजबाट एक साताका लागि पालिका क्षेत्र भित्र सवारी प्रवेशमा रोक लगाएको छ । अन्य क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलदै गएपछि जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले सवारी साधन प्रवेशमा रोक लगाएको हो । कोरोना संकट व्यवस्थापन समिति (सिसीएमसी) को बैठकले चौबिसे गाउँपालिकामा आज दिउँसो १२ बजेदेखि भदौ १६ गते दिउँसो १२ बजेसम्मका लागि एम्बुलेन्स, शववाहन र सरकार...
मोरङ जिल्लाभर एक साता निषेधाज्ञा घोषणा

मोरङ जिल्लाभर एक साता निषेधाज्ञा घोषणा

विराटनगर । मोरङ जिल्लामा आज रातीबाट एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि आज बसेको सुरक्षा समितिको बैठकले आज राती १२ बजेबाट एक साताका लागि जिल्ला भरनै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि भदौ ५ गते विराटनगर महानगरपालिकाका सबै वडासहित कटहरी, बुढीगंगा र रंगेलीका केही वडामा आज राती १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको थियो । निषेध...
प्रदेश १ का सात जिल्लामा थपिए १०२ कोरोना संक्रमित

प्रदेश १ का सात जिल्लामा थपिए १०२ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का सात जिल्लामा बिगत २४ घण्टाको अवधिमा १०२ कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, तेह्रथुम र पाँचथरमा संक्रमित थपिएका हुन् । जसमध्ये सबैभन्दा बढी मोरङका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बिराटनगरमा मात्रै १३ महिला र ३० पुरुष गरी एकैदिन ४३ कोरोना संक्रमित थपिएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकामा १ जना र बुढिगंगाका ४ जनाको पीसीआर रिपोर...
धरानमा थपियो एक साता लकडाउन

धरानमा थपियो एक साता लकडाउन

सुनसरी । धरानमा थप एक साता लकडाउन घोषणा गरिएको छ । धरान उपमहानगरपालिका कार्यपालिकाको आज बसेको बैठकले भोलिदेखि भदौ १७ गते राती १२ बजेसम्मका लागि लकडाउन थप्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्दै गएकाले त्यसलाई न्यूनिकरणका लागि साउन २२ गतेदेखि लकडाउन गर्दै आएको उपमहानगरपालिकाले थप एक साता लकडाउन लम्ब्याएको हो । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले धरान प्रवेश गर्नेहरुलाई थप कडाइ गरिने भएको ...
धनकुटाको रुद्रबारीमा भासिएको सडक मर्मत थालियो, भासिने क्रम नरोकिदा समस्या

धनकुटाको रुद्रबारीमा भासिएको सडक मर्मत थालियो, भासिने क्रम नरोकिदा समस्या

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित रुद्रबारी–गुठिटार सडकखण्डको खुरिलामा भासिएको सडक मर्मत गर्न थालिएको छ । सडक भासिदा कोशी राजमार्गमा गुड्ने सवारी साधनलाई आवतजावतमा जोखिम बढेपछि सडक भिडिजन कार्यालयले भासिएको सडक मर्मत गर्न थालेको हो । मर्मत थालिएपनि सो सडक भासिने क्रम भने रोकिएको छैन । अबिरल बर्षाका कारण करिब एक महिना अघिबाट झण्डै एक सय मिटर सडक भासिन थालेको हो । सडक मर्मत थालिएको भएपनि निरन्तर ...
प्रदेश १ मा थपिए १०५ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १०५ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा १०५ कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी र खोटाङका २८ महिला र ७७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । झापाको कमल गाउँपालिकामा २ जना, भद्रपुर नगरपालिकामा ४ जना, दमक नगरपालिकामा १ जना र गौरीगन्ज गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै मोरङको बिराटनगर महानगरपालिकामा २६ जना, बेलबारी नगरपालिकामा २ जना, ग्रामथान गाउँपालिकामा...
झापामा छोराको कुटाईबाट बुबाको मृत्यु

झापामा छोराको कुटाईबाट बुबाको मृत्यु

झापा । झापाको झापा गाउँपालिका–३ मा गएराती छोराको कुटाईबाट बुबाको मृत्यु भएको छ । २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा ७० बर्षीय बुबा साईला टुडुको मृत्यु भएको हो । राती करिब साँढे ११ बजे सुनिलले बुबालाई बाँसको भाटाले शरिरका बिभिन्न भागमा अन्धाधुन्द कुटपिट गरेका थिए । छोराको कुटाईबाट गंभीर घाईते भएका उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहा उपचार हुन नसक्ने भन्दै स्वास्थ्यकर्मीले अन...
प्रदेश १ मा थपिए ५६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ५६ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा ५६ जना कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभामा २४ महिला र ३२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । झापाको बाह्रदर्सीका ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । यता मोरङको बिराटनगरका २३ जना, सुन्दरहरैंचाका ३, बेलबारीका २ र जहदाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको ईटहरीका २ जना, बर्जुका ५ जना, दुहबीका ३ जन...
धरानमा बलात्कार आरोपमा एक जना पक्राउ

धरानमा बलात्कार आरोपमा एक जना पक्राउ

सुनसरी । धरानमा १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आज एक जना पक्राउ परेका छन् । बालिकालाई फकाएर होटल पुर्याई बलात्कार गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका–४ घर भई रामधुनी–५ झुम्का बस्दै आएका ४६ बर्षीय मोहमद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको हो । घटना साउन २६ गते दिउँसो करिब साँढे २ बजेको हो । मोरङ घर भएकी ती बालिकालाई फकाएर आलमले धरान–१८ स्थित कान्तिपुर होटलमा लगि बलात्कार...
रोगले भन्दा छिटो भोकले मर्न लागेपछि गाउँ पसे गन्दर्भ

रोगले भन्दा छिटो भोकले मर्न लागेपछि गाउँ पसे गन्दर्भ

धनकुटा । उमेरले ६० काटेका हिरालाल गन्दर्भले सारंगी रेट्दै हिडेको ४७ वर्ष भयो । धनकुटाको विहिवारे हटिया नजिक परिवारसँगै वस्दै आएका उनले अहिले जति पीडा भोगेका छन्, त्यति पीडा पाँच दशक नजिक पुगेको सारंगी यात्रामा कहिल्यै भोगेका थिएनन् । उनलाई कोरोनाको डरले भन्दा पनि बन्दाबन्दीमा दुई छाकको जोहो गर्न मुस्किल परेको पीडाले सताएको छ । हाट, वजारहरुमा दैनिक जसो सारंगी रेटेर गीत गाउँदै गुजारा चलाउने हिराल...
बिराटनगरका थप एक कोरोना संक्रमितको मृत्यु, बिराटनगरमै मृतकको संख्या १० पुग्यो

बिराटनगरका थप एक कोरोना संक्रमितको मृत्यु, बिराटनगरमै मृतकको संख्या १० पुग्यो

विराटनगर । बिराटनगरको कोभिड–१९ अस्पतालमा गएराती एक कोरोना संक्रमितको मृत्यु भएको छ । आईतबार कोरोना संक्रमण पुष्टि भएका बिराटनगर ८ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको बिहीबार स्वाब संकलन गरिएको थियो । आईतबार रिपोर्ट पोजिटिभ आएपछि साँझ ६ वजे कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । तर, राती करिब ११ वजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृतकको घरम...
धनकुटाका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

धनकुटाका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका दुई प्रहरीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा २५ बर्षीय र ३८ बर्षीय दुई पुरुष प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु भदौ २ गते बिराटनगरबाट सरुवा भएर धनकुटा आएका हुन् । बिराटनगरबाट संखुवासभा सरुवा भएर गएका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्राक्ट ट्रेसिङका आधारमा तीन प्रहरीको स्वाब संकलन गर...
प्रदेश १ का थप ७० जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ का थप ७० जनामा कोरोना संक्रमण पुष्टि

बिराटनगर । प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, झापा र सुनसरीका २७ महिला र ४३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङको बिराटनगरका १८ महिला र २४ पुरुष, बुढिगंगा गाउँपालिकाका ४ महिला र १ पुरुष, केराबारी गाउँपालिकाका २ पुरुष र ठेगाना नखुलेका अर्का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको कमल गाउँपालिकामा १ महिला र २ पुरुष, ...
धनकुटामा बालिका बलात्कार आरोपमा युवा पक्राउ, परिवार भित्रकैलाई बलात्कार गर्ने पनि समातिए

धनकुटामा बालिका बलात्कार आरोपमा युवा पक्राउ, परिवार भित्रकैलाई बलात्कार गर्ने पनि समातिए

धनकुटा । धनकुटामा बलात्कार आरोपमा शनिवार एकैदिन दुई जना पक्राउ परेका छन् । एउटै बालिकालाई पालो–पालो बलात्कार गरेको आरोपमा एक युवा र परिवार भित्रकैलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । धनकुटा नगरपालिका–१ निगालेकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ बर्षीय बिमल तामाङलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । ...
प्रदेश १ का थप १०५ जनामा कोरोना संक्रमण

प्रदेश १ का थप १०५ जनामा कोरोना संक्रमण

बिराटनगर । प्रदेश १ का ६ जिल्लामा शनिवार १०५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, झापा, सुनसरी, संखुवासभा, भोजपुर र ईलाममा संक्रमित थपिएका हुन् । मोरङका ५२, सुनसरीका ३१, झापाका १७ र भोजपुरका ३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संखुवासभा र ईलामका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैवीच शनिवार देशभर ६३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपाल...
हृदयघातका कारण वडाध्यक्ष यादवको मृत्यु

हृदयघातका कारण वडाध्यक्ष यादवको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको हृदयघातका कारण आज दिउँसो मृत्यु भएको छ । घरमै बसिरहेका बेला हृदयघात भएका यादवको उपचारका क्रममा मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले पुष्टि गरे । उपचारका लागि अस्पताल पुर्याइएको भएपनि भेन्टिलेटर अभावमा समयमै उपचार नपाउँदा वडाध्यक्ष यादवको मृत्यु भएको गाउँपालिका अध्यक्ष अन्सारीले जानकारी दिए ।
सहिदभूमिको बाँझो जमिनमा बृक्षरोपण अभियान

सहिदभूमिको बाँझो जमिनमा बृक्षरोपण अभियान

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले खाली रहेको बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण गर्न शुरु गरेको छ । स्थानीय कृषकहरुको दिगो आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले बाँझो जमिनमा फलफूलको विरुवा रोप्न थालिएको हो । संयुक्त राष्ट्र संघ (यूएनडिपी), सहिदभूमि गाउँपालिका र पर्डेप नेपालको संयुक्त पहलमा गाउँपालिकाको ३ सय ५० रोपनी क्षेत्रफलमा एभोकाडो र आँपको एक हजार विरुवा रोपिएको छ । गाउँपालिकाको वडा नं....
भोजपुरका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि

भोजपुरका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि

भोजपुर । भोजपुरका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा अरूण गाउँपालिकाको होल्डिङ्ग एरियामा रहेका तीन पुरुष प्रहरीमा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि हुनेहरुमा धनकुटा ठेगाना भएका २५ वर्षीय, सप्तरीका २० वर्षीय र मोरङका २६ वर्षीय प्रहरी छन् । भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई अरुण गाउँपालिका–६ ज...
धनकुटाका १७ औं संक्रमितले पनि जिते कोरोना, १० दिनमा निको भएर फर्किए घर

धनकुटाका १७ औं संक्रमितले पनि जिते कोरोना, १० दिनमा निको भएर फर्किए घर

धनकुटा । धनकुटाका १७ औं कोरोना संक्रमित पनि निको भएर शुक्रबार अस्पतालबाट घर फर्किएका छन् । मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचाररत धनकुटा–२ का ३२ बर्षीय पुरुष निको भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । कुबेतबाट आएर औद्योगिक ग्रामस्थित क्वारेनटाईनमा बसेका उनको स्वाब संकलन गरी परीक्षण गर्दा साउन २६ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि गोठ...
बिराटनगरमा कोरोना नियन्त्रण गर्न नेकपाले थाल्यो घर निर्मलीकरण अभियान

बिराटनगरमा कोरोना नियन्त्रण गर्न नेकपाले थाल्यो घर निर्मलीकरण अभियान

बिराटनगर । विराटनगरमा कोरोना संक्रमण फैलदै गएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा महानगर कमिटीले कोरोना संक्रमण रोकथामका लागि घर–घरमा निर्मलीकरण गर्ने अभियान थालेको छ । पहिलो दिन शुक्रबार विराटनगर–३ पुष्पाञ्जली टोलस्थित एक मजदुरको घरलाई निर्मलीकरण गरी अभियान थालिएको हो । आरती स्ट्रिप्स्मा कार्यरत श्रमिकहरुमा कोरोना संक्रमण देखिएपछि सोही उद्योगमा कार्यरत श्रमिकको घरमा निर्मलीकरण गरेर अभियान थालिएको...
बिराटनगरसहित चार पालिकामा पाँच दिनका लागि निषेधाज्ञा जारी

बिराटनगरसहित चार पालिकामा पाँच दिनका लागि निषेधाज्ञा जारी

बिराटनगर । कोरोना संक्रमण समुदायस्तरमा फैलदै गएपछि विराटनगर महानगरपालिकासहित चार पालिकामा आज रातीदेखि पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । बिराटनगर महानगरपालिकाका सबै वडा, रंगेली नगरपालिकाका ४, कटहरी गाउँपालिकाका ५ र बुढिगंगा गाउँपालिकाका ४ वटा वडामा निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले आज राती १२ बजेदेखि भदौ १० गतेसम...
प्रदेश १ मा थपिए ८६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ८६ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का ६ जिल्लामा आज ८६ कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा २ हजार ६६ जनाको पीसीआर परीक्षण गर्दा मोरङ, सुनसरी, झापा, ईलाम, पाँचथर र उदयपुरका ३६ महिला र ५० पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बिराटनगरमा १३ महिला र १६ पुरुष, कटहरीमा ५ महिला र १ पुरुष, सुन्दरहरैंचामा ३ महिला र ३ पुरुष, धनपालथान...
तेह्रथुममा एक साता निषेधाज्ञा

तेह्रथुममा एक साता निषेधाज्ञा

तेह्रथुम । एकै दिन नौ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ व्यक्तिमा सङ्क्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जार...
संखुवासभामा आईसोलेसन तोडफोड, १५ लाखको स्वास्थ्य सामाग्री गायब

संखुवासभामा आईसोलेसन तोडफोड, १५ लाखको स्वास्थ्य सामाग्री गायब

संखुवासभामा । संखुवासभा सदरमुकाम खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आईसोलेसनमा गएराती तोडफोड गरिएको छ । कोरोना संक्रमितलाई राखेर उपचार गर्न निर्माण गरिएको १० शैयाको आईसोलेसनमा तोडफोड गरी सामाग्रीसमेत चोरी भएको हो । जिल्ला अस्पताल मातहत रहेको सो आईसोलेसनबाट अक्सिजन मेसिन, ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडर लगायत करिब १५ लाखको सामाग्री चोरी भएको छ । तोडफोडबाट शैया, अ...
धनकुटामा थप एक साता आवतजावतमा प्रतिबन्ध

धनकुटामा थप एक साता आवतजावतमा प्रतिबन्ध

धनकुटा । धनकुटामा आज रातीदेखि थप एक साताका लागि अत्यावश्यक काम बाहेक आवतजावतमा प्रतिबन्ध लगाईएको छ । भदौं ४ गते बिहिबार (आज) राती १२ बजेदेखि भदौ ११ गते बिहिबार राती १२ बजेसम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धेरै व्यक्तिसँग सम्पर्कमा रहेका सहिदभूमी गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएपछि सर्तकताका लागि थप एक साता आवतजावतमा ...
प्रदेश १ का छ जिल्लामा थपिए ३६ कोरोना संक्रमित

प्रदेश १ का छ जिल्लामा थपिए ३६ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का छ जिल्लामा आज ३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा, धनकुटा, तेह्रथुम र उदयपुरका १ हजार ५ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १० महिला र २६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३ तथा झापा र धनकुटामा एक÷एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीको धरानका ३ महिला र ३ पुरुष, ...
धनकुटाको शहिदभूमीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि थलथलेदेखि पिप्लेसम्म सिल

धनकुटाको शहिदभूमीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि थलथलेदेखि पिप्लेसम्म सिल

धनकुटा । धनकुटाको शहिदभूमीका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको केही क्षेत्र सिल गरिएको छ । आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका कार्यालय पिप्लेदेखि थलथलेसम्मको क्षेत्र सिल गरिएको हो । कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको पीसीआर परीक्षण गरी संक्रमण थप फैलन नदिनका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । संक्रमि...
धनकुटाको निगालेमा बलात्कार आरोपमा एक जना पक्राउ

धनकुटाको निगालेमा बलात्कार आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निगालेका १९ बर्षीय निकेश तामाङ छन् । घटना साउन २७ गतेको हो । तामाङले ती बालिकालाई फकाई गाउँकै खाली घरमा लगेर बलात्कार गरेको आरोप छ । बालिका परिवारसँग एक दिन सम्पर्कबिहिन भएकी थिईन् । त्यसको भोलिपल्ट उनी घर पुगिन् । बालिकालाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेपछि...
धनकुटाका थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धनकुटाका थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धनकुटा । धनकुटाका एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । सहिदभूमी गाउँपालिकामा कार्यरत ४५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सहिदभूमीबाट १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा ती स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको स्...
error: Content is protected !!