प्रदेश १ मा थपिए ८९ कोरोना संक्रमित
बिराटनगर । प्रदेश १ का चार जिल्लामा आज ८९ कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, संखुवासभा र ईलाममा कोरोना संक्रमित थपिएका हुन् ।
मोरङको बिराटनगरका २० महिला र १८ पुरुष गरी ३८ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैंचाका १ जना र कटहरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुनसरीको ईटहरीका १० जना, धरानका ३ जना, बर्जुका ३ जना, रामधुनीका ४ जना, ईनरुवाका २ जना, गढीका ४ जना ...




























