रबिन कटेल

संखुवासभामा । संखुवासभा सदरमुकाम खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आईसोलेसनमा गएराती तोडफोड गरिएको छ । कोरोना संक्रमितलाई राखेर उपचार गर्न निर्माण गरिएको १० शैयाको आईसोलेसनमा तोडफोड गरी सामाग्रीसमेत चोरी भएको हो ।

Advertisement

जिल्ला अस्पताल मातहत रहेको सो आईसोलेसनबाट अक्सिजन मेसिन, ७० पिसपिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडर लगायत करिब १५ लाखको सामाग्री चोरी भएको छ । तोडफोडबाट शैया, अक्सिजन कन्सनथेटर, डिभाइडरलगायत सामग्रीमा क्षति पुगेको अस्पतालले जनाएको छ । तोडफोड र चोरी कसले गरेको हो भन्ने खुलेको छैन । घटनामा संलग्नको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले कोरोना संक्रमितलाई सो आइसोलेसन राखेर उपचार गर्ने निर्णय गरेको थियो । यता, हिमालय क्याम्पस प्रशासनले भने क्याम्पसमा निर्माण गरिएको आइसोलेसन हटाउन माग गर्दे आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement