रबिन कटेल

बिराटनगर । प्रदेश १ का छ जिल्लामा आज ३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा, धनकुटा, तेह्रथुम र उदयपुरका १ हजार ५ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १० महिला र २६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

Advertisement

सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३ तथा झापा र धनकुटामा एक÷एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीको धरानका ३ महिला र ३ पुरुष, कोशी गाउँपालिकाका ४ पुरुष तथा दुहबीका र रामधुनीका एक/एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मोरङको सुन्दरहरैंचाका १ महिला र ५ पुरुष, बुढिगंगाका २ महिला र २ पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै तेह्रथुमको म्याङ्लुङका ३ महिला र ६ पुरुषमा कोरोना संक्रमण पाइएको छ । त्यस्तैगरी उदयपुरको त्रियुगाका १ महिला र २ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

यता, धनकुटाको सहिदभूमीका १ पुरुष र झापाको गौरिगञ्जका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म ७३ हजार ५ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार १ सय ५१ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

धनकुटाका थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

 

तेह्रथुमका ९ जनामा कोरोना संक्रमण पुष्टि

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement