संगालोखबर सम्बाददाता

भोजपुर । भोजपुरका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा अरूण गाउँपालिकाको होल्डिङ्ग एरियामा रहेका तीन पुरुष प्रहरीमा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि हुनेहरुमा धनकुटा ठेगाना भएका २५ वर्षीय, सप्तरीका २० वर्षीय र मोरङका २६ वर्षीय प्रहरी छन् ।

Advertisement

भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई अरुण गाउँपालिका–६ जरायोटारमा रहेको होल्डिङ एरियामा राखिएको थियो । उनीहरुको पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले जानकारी दिए ।

भदौ ३ गते उक्त होल्डिङ एरियामा रहेका ३० जना र जिल्लामा अग्रपंक्तिमा खटिने अस्पतालका स्वास्थ्यकर्मी, विदामा गएर फर्कीएका कर्मचारी, पत्रकार, सवारी चालक गरी ६८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाईएको थियो । जसमध्ये तीन जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि, भोजपुरको हतुवागढी गाउँपालिकाको होम्ताङमा १ जना, होल्डिङ एरिया अरुण गाउँपालिकाको जरायोटारमा षडानन्द नगरपालिका ८ र १२ का ५ जना गरी ६ जनालाई कोरोना पुष्टि भएको थियो । उनीहरु अहिले निको भइसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!