विराटनगर । मोरङ जिल्लामा आज रातीबाट एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि आज बसेको सुरक्षा समितिको बैठकले आज राती १२ बजेबाट एक साताका लागि जिल्ला भरनै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यसअघि भदौ ५ गते विराटनगर महानगरपालिकाका सबै वडासहित कटहरी, बुढीगंगा र रंगेलीका केही वडामा आज राती १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको थियो ।
निषेधाज्ञा सकिने अन्तिम दिन आज पुनः क्षेत्र बढाएर जिल्ला भरनै निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।