
बिराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा १०५ कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी र खोटाङका २८ महिला र ७७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
झापाको कमल गाउँपालिकामा २ जना, भद्रपुर नगरपालिकामा ४ जना, दमक नगरपालिकामा १ जना र गौरीगन्ज गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै मोरङको बिराटनगर महानगरपालिकामा २६ जना, बेलबारी नगरपालिकामा २ जना, ग्रामथान गाउँपालिकामा ६ जना, धनपालथान गाउँपालिकामा ८ जना, बुढिगांगा गाउँपालिकामा २ जना, रंगेली नगरपालिकामा १ जना र जहदा गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका एक संक्रमितको भने पालिकास्तरको ठेगाना खुलेको छैन ।
त्यस्तैगरी सुनसरीको ईटहरीमा ८ जना, कोशी गाउँपालिकामा ५ जना, देवानगन्जमा २ जना, गढीमा १ जना, भोक्राहानरसिंहमा ६ जना, बराहक्षेत्रमा ३ जना, ईनरुवामा ३ जना, धरानमा ३ जना र दुहवीमा १६ जना संक्रमित थपिएका छन् । सुनसरीका एक संक्रमितको पूर्ण ठेगाना खुलेको छैन ।
यता, खोटाङको दिक्तेलका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या २ हजार ७ सय ८२ पुगेको छ । जसमध्ये १ हजार ३ सय २७ जना निको भएका छन् । प्रदेशमा हालसम्म १७ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।















