रबिन कटेल

बिराटनगर । कोरोना संक्रमण समुदायस्तरमा फैलदै गएपछि विराटनगर महानगरपालिकासहित चार पालिकामा आज रातीदेखि पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । बिराटनगर महानगरपालिकाका सबै वडा, रंगेली नगरपालिकाका ४, कटहरी गाउँपालिकाका ५ र बुढिगंगा गाउँपालिकाका ४ वटा वडामा निषेधाज्ञा जारी गरिएको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले आज राती १२ बजेदेखि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बैठकले बिराटनगर महानगरपालिकाका सबै वडा, रंगेलीको ४, ५, ६ र ७ नम्बर वडा, कटहरीको १, २, ३, ४ र ५ नम्बर वडा, बुढिगंगाको १, २, ३ र ४ वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

मोरङ जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । १ हजार २ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमण रोकथामका लागि यसअघि लकडाउन गरिएको थियो । तरपनि संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि थप कडाई गर्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement