संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको हृदयघातका कारण आज दिउँसो मृत्यु भएको छ । घरमै बसिरहेका बेला हृदयघात भएका यादवको उपचारका क्रममा मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले पुष्टि गरे ।

Advertisement

उपचारका लागि अस्पताल पुर्याइएको भएपनि भेन्टिलेटर अभावमा समयमै उपचार नपाउँदा वडाध्यक्ष यादवको मृत्यु भएको गाउँपालिका अध्यक्ष अन्सारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!