रबिन कटेल

बिराटनगर । प्रदेश १ का ६ जिल्लामा आज ८६ कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा २ हजार ६६ जनाको पीसीआर परीक्षण गर्दा मोरङ, सुनसरी, झापा, ईलाम, पाँचथर र उदयपुरका ३६ महिला र ५० पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बिराटनगरमा १३ महिला र १६ पुरुष, कटहरीमा ५ महिला र १ पुरुष, सुन्दरहरैंचामा ३ महिला र ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीका १ पुरुष छन् । त्यस्तै सुनसरीको ईटहरीका १ महिला र ४ पुरुष, धरानका १ महिला, इनरुवाका १ महिला, दुहवीका १ महिला र १२ पुरुष, बराहक्षेत्रका १ महिला, बर्जुका २ महिला र २ पुरुष, मधेलीका १ महिला, देवानगञ्ज र कोशीका एक/एक पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तैगरी झापाको विर्तामोडका १ महिला र १ पुरुष, मेचिनगरका ३ महिला र १ पुरुष र दमकका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यता, ईलामको सन्दकपुरका २ महिला र २ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र उदयपुरको त्रियुगाका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement