
झापा । झापाको झापा गाउँपालिका–३ मा गएराती छोराको कुटाईबाट बुबाको मृत्यु भएको छ । २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा ७० बर्षीय बुबा साईला टुडुको मृत्यु भएको हो ।
राती करिब साँढे ११ बजे सुनिलले बुबालाई बाँसको भाटाले शरिरका बिभिन्न भागमा अन्धाधुन्द कुटपिट गरेका थिए । छोराको कुटाईबाट गंभीर घाईते भएका उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहा उपचार हुन नसक्ने भन्दै स्वास्थ्यकर्मीले अन्य सुबिधासम्पन्न अस्पताल लैजान सुझाव दिएका थिए ।
तर, परिवारका सदस्यले उनलाई अर्को अस्पतालमा लैजानुको टट्टा फर्काएर घर नै लगेका थिए । उनको घरमै मृत्य भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट गएको प्रहरी टोलीले कुटपिट गर्ने सुनिललाई नियन्त्रणमा लिएको छ । उनले बाबुलाई किन कुटपिट गरेको भन्ने खुलेको छैन । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।















