संगालोखबर सम्बाददाता

विराटनगर । बिराटनगरको कोभिड–१९ अस्पतालमा गएराती एक कोरोना संक्रमितको मृत्यु भएको छ । आईतबार कोरोना संक्रमण पुष्टि भएका बिराटनगर ८ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

उनको बिहीबार स्वाब संकलन गरिएको थियो । आईतबार रिपोर्ट पोजिटिभ आएपछि साँझ ६ वजे कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । तर, राती करिब ११ वजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृतकको घरमा थप तीन जना कोरोना संक्रमित छन् ।

योसँगै बिराटनगर महानगरपालिकामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ । बिराटनगरमा हालसम्म ८ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ६७ जना निको भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!