
बिराटनगर । प्रदेश १ का चार जिल्लामा आज ८९ कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, संखुवासभा र ईलाममा कोरोना संक्रमित थपिएका हुन् ।
मोरङको बिराटनगरका २० महिला र १८ पुरुष गरी ३८ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैंचाका १ जना र कटहरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुनसरीको ईटहरीका १० जना, धरानका ३ जना, बर्जुका ३ जना, रामधुनीका ४ जना, ईनरुवाका २ जना, गढीका ४ जना र दुहबीका १२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
त्यस्तैगरी संखुवासभको खाँदबारीका ४ जना र ईलामका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ७२ पुगेको छ भने १ हजार ४ सय ८८ जना निको भएका छन् । प्रदेश १ मा हालसम्म १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।















