
धनकुटा । धनकुटाका दुई प्रहरीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा २५ बर्षीय र ३८ बर्षीय दुई पुरुष प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु भदौ २ गते बिराटनगरबाट सरुवा भएर धनकुटा आएका हुन् । बिराटनगरबाट संखुवासभा सरुवा भएर गएका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्राक्ट ट्रेसिङका आधारमा तीन प्रहरीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाईएको हो । जसमध्ये दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए ।
संक्रमण पुष्टि भएका प्रहरी जिल्ला प्रहरी कार्यालयको क्वारेनटाईनमा छन् । योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २० पुगेको छ । जसमध्ये १७ जना निको भएर घर फर्किएका छन् । एक जनाको बिराटनगरमा उपचार भईरहेको छ । धनकुटाका बाँकी ९० जनाको पीसीआर रिपोर्ट आउँन बाँकी छ ।















