गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको शहिदभूमीका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको केही क्षेत्र सिल गरिएको छ । आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका कार्यालय पिप्लेदेखि थलथलेसम्मको क्षेत्र सिल गरिएको हो ।

Advertisement

कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको पीसीआर परीक्षण गरी संक्रमण थप फैलन नदिनका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । संक्रमितको सम्पर्कमा पुगेका जनप्रतिनिधि, कर्मचारीसहितका व्यक्तिहरुको भोलि स्वाब संकलन गरिने भएको छ ।

स्वाब परीक्षणको रिपोर्ट नआउँन्जेलका लागि गाउँपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य सस्थाहरुसमेत बन्द गर्ने गाउँपालिकाले निर्णय गरेको छ । सहिदभूमी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ पुगेको छ । जसमध्ये १६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

धनकुटाका थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement