रबिन कटेल

बिराटनगर । विराटनगरमा कोरोना संक्रमण फैलदै गएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा महानगर कमिटीले कोरोना संक्रमण रोकथामका लागि घर–घरमा निर्मलीकरण गर्ने अभियान थालेको छ । पहिलो दिन शुक्रबार विराटनगर–३ पुष्पाञ्जली टोलस्थित एक मजदुरको घरलाई निर्मलीकरण गरी अभियान थालिएको हो ।

Advertisement

आरती स्ट्रिप्स्मा कार्यरत श्रमिकहरुमा कोरोना संक्रमण देखिएपछि सोही उद्योगमा कार्यरत श्रमिकको घरमा निर्मलीकरण गरेर अभियान थालिएको नेकपा महानगर कमिटीले जनाएको छ । सबै वडा कमिटीलाई परिचालन गरी आफ्नो वडाका संक्रमितको घरलाई निर्मलीकरण गर्ने अभियान थालिएको नेकपा महानगर कमिटी अध्यक्ष सागर थापाले जानकारी दिए ।

थापाका अनुसार पहिलो दिन बिराटनगर वडा नं.३ मा एउटा घर, वडा नं.४ मा दुई वटा घर र वडा नम्बर ५ मा केही घरहरुमा निर्मलीकरण गरिएको छ । यो अभियानलाई निरन्तर जारी राखिनेछ । नेकपाले सबै पार्टी सदस्यहरुलाई कोरोना सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने काममा परिचालन हुन पनि आग्रह गरेको छ ।

विराटनगर महानगरपालिकामा हालसम्म ७४५ जनामा कोरोना संक्रममण पुष्टि भएको छ । बिराटनगरका ९ जना कोरोना संक्रमितको मृत्युसमेत भईसकेको छ । कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका अस्पतालहरु भरिएपछि अहिले ३४१ जना संक्रमित घरमै बस्न बाध्य छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement