संगालोखबर सम्बाददाता

बिराटनगर । प्रदेश १ का ६ जिल्लामा शनिवार १०५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, झापा, सुनसरी, संखुवासभा, भोजपुर र ईलाममा संक्रमित थपिएका हुन् ।

Advertisement

मोरङका ५२, सुनसरीका ३१, झापाका १७ र भोजपुरका ३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संखुवासभा र ईलामका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैवीच शनिवार देशभर ६३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । जसमध्ये १८ हजार ३ सय ५० जना निको भएका छन् ।

शनिवार एकैदिन सुनसरीका २ सहित ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!