संगालोखबर सम्बाददाता

बिराटनगर । प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, झापा र सुनसरीका २७ महिला र ४३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको बिराटनगरका १८ महिला र २४ पुरुष, बुढिगंगा गाउँपालिकाका ४ महिला र १ पुरुष, केराबारी गाउँपालिकाका २ पुरुष र ठेगाना नखुलेका अर्का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको कमल गाउँपालिकामा १ महिला र २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोड नगरपालिकामा २ महिला, कनकाई नगरपालिकामा १ महिला, गौरादह नगरपालिकाका २ पुरुष र १ जना ठेगाना नखुलेका पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

यता, सुनसरीको ईटहरीका १ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्ट भएको छ । योसँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या २ हजार ६ सय २१ पुगेको छ भने १ हजार २ सय ६४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!