प्रदेश १ मा ५६ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज

प्रदेश १ मा ५६ कोरोना संक्रमित थपिए, ५४ डिस्चार्ज

विराटनगर । प्रदेश नं.१ का चार जिल्लामा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि हुँनेमा १७ महिला र ३९ पुरुष छन् । १ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा सुनसरीका २६, मोरङका १७, संखुवासभाका ९ र झापाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरु...
धनकुटाको राम बजारमा मास्क बैंक स्थापना

धनकुटाको राम बजारमा मास्क बैंक स्थापना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ राम बजारमा मास्क बैंक सञ्चालन गरिएको छ । महालक्ष्मी नगरपालिका, राम बजार व्यवस्थापन समिति र राम बजार युवा समूहले ‘हुनेले मास्क दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्’ भन्ने नारासहित मास्क बैंक सञ्चालन गरेका हुन् । राम बजारमा आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले मास्क बैंकको उद्घाटन गरेका छन् । कोरोनाको संक्रमण बढ्दै गईरहेका बेला स...
बेलबारीमा पंखा जोड्ने क्रममा करेन्ट लागेर एक जनाकोे मृत्यु

बेलबारीमा पंखा जोड्ने क्रममा करेन्ट लागेर एक जनाकोे मृत्यु

विराटनगर । मोरङको बेलबारीमा पंखा जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी–८ की २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको हो । आईतबार बेलुका करिव ६ बजे आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लाग्दा धिमाल बेहोस भएकी थिइन् । उपचारका लागि उनलाई पथरी अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धनकुटा बहुमुखी क्याम्पसले अनलाईनबाट सबै तहका कक्षा सञ्चालन गर्ने

धनकुटा बहुमुखी क्याम्पसले अनलाईनबाट सबै तहका कक्षा सञ्चालन गर्ने

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसले अनलाईनबाट सबै तहका कक्षा सञ्चालन गर्ने तयारी थालेको छ । त्रिभुवन विश्वविद्यालयको निर्देशन अनुसार बिद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्न बिद्यार्थीहरुको अवस्था पहिचान थालिएको क्याम्पसले जनाएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि गत चैत ६ गतेबाट सबै पठनपाठन र परीक्षाहरु स्थगित गरिएको थियो । यसबीचमा क्याम्पसले स्नातकोत्तर तहका सेमेष्टर प्रणाली र स्नातक तहका बिएस्सी प्...
धनकुटामा निषेधाज्ञा कडा पार्ने निर्णय, घट्यो पसल खोल्ने समय

धनकुटामा निषेधाज्ञा कडा पार्ने निर्णय, घट्यो पसल खोल्ने समय

धनकुटा । धनकुटामा भोलिबाट निषेधाज्ञा कडाई गरिने भएको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिनका लागि आज राती १२ बजेदेखि १७ गते राती १२ बजेसम्म निषेधाज्ञा कडाई गरिने भएको हो । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायमा कोरोना संक्रमण फैलनसक्ने जोखिम बढेको निष्कर्ष निकाल्दै निषेधाज्ञा कडा पार्ने निर्णय गरेको हो । बैठकले बजार पसल खुल्ने समय परिवर्तन गरेको छ । अब बिहान ७ बजेदेखि १० बजेसम...
सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पिकअपको ठक्करबाट भोक्राहा नर्सिङ –६ का २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको हो । आज दिउँसो करिव २ बजे पश्चिमतर्फ जाँदै गरेको बा.२१ च.५६९४ नम्बरको पिकअपले बिपरित दिशाबाट आईरहेको को.३८ प.३४६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट मेहता गम्भीर घाईते भएका थिए । उपचारका...
धनकुटामा सुरु भयो कोरोना संक्रमितको उपचार, पहिलो दिनमै भरियो आईसोलेशन

धनकुटामा सुरु भयो कोरोना संक्रमितको उपचार, पहिलो दिनमै भरियो आईसोलेशन

धनकुटा । धनकुटामा निर्माण गरिएको आईसोलेशन सेन्टरमा आजबाट कोरोना संक्रमितलाई राखेर उपचार थालिएको छ । धनकुटाको औद्योगिक ग्राममा २० बेडको आईसोलेशन निर्माण गरेर कोरोना संक्रमितको उपचार थालिएको हो । सञ्चालनमा आएको पहिलो दिन नै कोरोना संक्रमितले आईसोलेशन भरिएको छ । पहिलो दिन नै आईसोलेशनमा १९ जना कोरोना संक्रमित भर्ना भएका छन् । आईसोलेशनका २० मध्ये अब एउटा बेड मात्र खाली छ । कोरोना संक्रमण पुष्टि भएका...
प्रदेश १ मा थपिए ९३ कोरोना संक्रमित, ९ जना डिस्चार्ज

प्रदेश १ मा थपिए ९३ कोरोना संक्रमित, ९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ का चार जिल्लामा आज ९३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ३२ महिला र ६३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङका ४५, सुनसरीका ३७, झापाका ९ र संखुवासभाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका ४२ जनामा कोरोना संक्रमण देखिएको छ । २१–२१ जना महिला र पुरुषको पीसीआर रिपोर्ट ...
धरानमा कोरोना संक्रमित आमा–छोराको ४५ मिनेटको फरकमा मृत्यु

धरानमा कोरोना संक्रमित आमा–छोराको ४५ मिनेटको फरकमा मृत्यु

धरान । धरान उपमहानगरपालिका वडा नं.–१७ का कोरोना संक्रमित आमा–छोराको आज बिहान मृत्यु भएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ७४ बर्षीया आमा र ६० बर्षीय छोराको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दुबै जनालाई हिजोसाँझ अस्पताल भर्ना गरिएको थियो । अत्याधिक खोकी, श्वासफेर्न गाह्रो हुने र ज्वरो आएकी बृद्धाको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ भएको हो । उपचारकै क्रममा बिहा...
आइसियु र भेन्टिलेटर जडान गर्न दुई करोड बजेट

आइसियु र भेन्टिलेटर जडान गर्न दुई करोड बजेट

पाँचथर  ।  फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङको पहलमा अस्पतालमा १० शय्याको आइसियु तथा पाँच  भेन्टिलेटर जडानका लागि बजेट विनियोजन भएको हो । पाँचथरसहित ...
पानीमा डुबेर दुई बालबालिकाको मृत्यु

पानीमा डुबेर दुई बालबालिकाको मृत्यु

विराटनगर । सुनसरी र झापाका दुई स्थानमा पानीमा डुबेर शनिवार दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुनसरीको ईनरुवा नगरपालिका–८ का १२ बर्षीय बसिम मिया र झापाको भद्रपुर नगरपालिका–४ महेशपुरका १८ बर्षीया कमला चेम्जोङ छन् । घर नजिकै जमेको पानीमा दिउँसो माछा मार्ने क्रममा डुब्दा ईनरुवाका मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी देउनिया खोलामा पौडी खेल्ने क्रममा डुब...
डेढ बर्षदेखि ओछ्यानमै दिसा पिसाव, पैसा नहुँदा भएन उपचार

डेढ बर्षदेखि ओछ्यानमै दिसा पिसाव, पैसा नहुँदा भएन उपचार

धनकुटा । ४० बर्षको जल्दोबल्दो उमेर । परिवार र छोराछोरीको उज्वल भविष्यका लागि आधार निर्माण गरिदिने बेला । हो, यस्तै बेला धनकुटाका बोधराज ढुंगानाको जिन्दगीमा ‘ब्रेक’ लागेको छ । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका ढुंगाना अहिले धनकुटा बजारको एउटा कोठामा कहालिलाग्दो जीवन बिताउँन बाध्य छन् । दुबै खुट्टा भएर पनि उनी १५ महिना अघिदेखि ओछ्यानबाट उत्रन सकेका छैनन् । ढोका खुल्ला भएर पनि उनलाई त्यही कोठा बन्...
खोटाङमा बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

खोटाङमा बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर यहाँ एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो । घरबाट करिब एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा गोली लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्...
प्रदेश १ का १११ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ का १११ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ का पाँच जिल्लामा शनिवार १११ कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभाका ३३ महिला र ७८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । झापाको झापा गाउँपालिकामा ३ जना र दमक नगरपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, मोरङको बिराटनगरमा २१ जना, सुन्दरहरैंचामा २ जना, पथरीशनिश्चरेमा ७ जना, बेलबारीमा १ जना, सुनबर्सीमा १ जना र कटहरीमा १५ जना कोरोना...
बिराटनगरको सडकमा छोडिएका गाईबस्तुलाई टल्किने स्टीकरको माला लगाउँदै ट्राफिक प्रहरी

बिराटनगरको सडकमा छोडिएका गाईबस्तुलाई टल्किने स्टीकरको माला लगाउँदै ट्राफिक प्रहरी

विराटनगर । विराटनगरमा खुला छाडिएका चौपायको घाँटीमा ट्राफिक प्रहरीले राती टल्कने स्टीर माला लगाउँन थालेको छ । सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले यस्तो अभियान थालेको हो । ट्राफिक प्रहरीले विराटनगर–७ घाँस चौकमा खुला छाडिएका चौपायलाई नियन्त्रणमा लिएर टल्किने माला लगाएको छ । सवारी चालकलाई राती चौपाय देख्न सजिलो बनाई दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले चौपायको घाँटीमा टल्किने स्टीकरको माल...
धनकुटाका कोरोना संक्रमितको जनसम्पर्क धेरै: घर-घर पुग्ने कर्मचारीदेखि व्यापारीसम्म संक्रमित

धनकुटाका कोरोना संक्रमितको जनसम्पर्क धेरै: घर-घर पुग्ने कर्मचारीदेखि व्यापारीसम्म संक्रमित

धनकुटा । धनकुटामा आज कोरोना संक्रमण पुष्टि भएकाहरुको जनसम्पर्क धेरै भएको पाईएको छ । जिल्लाका ८४ जनाको धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धनकुटामा एकैदिन थपिएका कोरोना संक्रमित मध्ये यो नै सबैभन्दा ठूलो संख्या हो । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये घर–घरमा पुग्ने टेलिकमका कर्मचारीदेखि व्यापारी र बैंकका कर्मचारीसम्म...
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएराती एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको भदैया–६ का ८४ बर्षीय कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उपचारका लागि भदौ ६ गते प्रतिष्ठान भर्ना भएका उनमा पीसीआर परीक्षण गर्दा भदौ ७ गते रिपोर्ट पोजिटिभ आएको थियो । उनमा अत्याधिक खोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आएको थियो । उपचारकै क्रममा...
धनकुटामा एकैदिन १९ कोरोना संक्रमित थपिए

धनकुटामा एकैदिन १९ कोरोना संक्रमित थपिए

धनकुटा । धनकुटामा आज एकैदिन १९ जना कोरोना संक्रमित थपिएका छन् । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा १३ प्रहरी र ६ जना सर्वसाधरण रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए । संक्रमित सबै प्रहरी जवान पुरुष छन् । उनीहरु हालै सरुवा भएर धनकुटा आएका हुन् । दुरसञ्चार प्राध...
प्रदेश १ का पाँच जिल्लामा थपिए ७२ कोरोना संक्रमित

प्रदेश १ का पाँच जिल्लामा थपिए ७२ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का पाँच जिल्लामा आज ७२ जना कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी, संखुवासभा र पाँचथरमा कोरोना संक्रमित थपिएका हुन् । झापाको शिवसताक्षी नगरपालिकामा १ जना, कमल गाउँपालिकामा ९ जना र हल्दिवारी गाउँपालिकामा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै, मोरङको बिराटनगर महानगरपालिकाका ७ जना, लेटाङका ३ जना, सुन्दरहरैंचाका २ जना र रंगेलीका २ जनामा कोरोना संक्रमण पुष्टि भ...
बेलबारीमा युवाहरुबीच कुटाकुट, एक जनाको मृत्यु, चार घाईते

बेलबारीमा युवाहरुबीच कुटाकुट, एक जनाको मृत्यु, चार घाईते

बिराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा आज दिउँसो युवाहरुबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाईते भएका छन् । कसेनीस्थित लोहन्द्र पुलमा दिउँसो करिब १ बजे युवाहरुबीच कुटाकुट हुँदा ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । झगडामा परी राईसहित पाँच जना घाईते भएका थिए । उपचारका लागि उनीहरुलाई विराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा दिउँसो करिब ३ बजे राईक...
बिराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

बिराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आज एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा बिहान करिब ११ बजे सिराहाको लाहान घर भई विराटनगर–१० बस्दै आएकी ६५ वर्षीया महिलाको मृत्यु भएका अस्पतालले जनाएको छ । दमरोगीसमेत रहेकी उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर...
लक्ष्मीमार्गको जंगलमा बालिका बलात्कृत

लक्ष्मीमार्गको जंगलमा बालिका बलात्कृत

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको जंगलमा एक बालिका बलात्कृत भएकी छन् । स्थानीय दलित समुदायकी १६ बर्षीया बालिकामाथि चार जनाले बलात्कार गरेको घटना सर्वजनिक भएको हो । बलात्कार आरोपमा भाउन्नेका ४० बर्षीय होम तामाङबिरुद्ध बालिकाका आफन्तले किटानी जोहेरी दिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले संगालोखबरलाई जानकारी दिए । घटना गत मंगलबारको हो । प्रहरीका अ...
धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज बिहान थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारका क्रममा झापाको दमक नगरपालिका–३ का ८३ बर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ की ५६ बर्षीया महिलाको मृत्यु भएको हो । भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका दमकका बृद्धमा अत्याधिक खोकी, श्वास फेर्न गाह्रो हुँने र ज्वरो आउँने समस्या थियो । भदौ ३ गते बिर्तामोडस्थित ...
धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज साँझ एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहा नगरपालिका–१ सिरहाका ५५ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि प्रतिष्ठान आएका उनमा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपश्चात प्रतिष्ठानको आईसोलेशनमा रहेका उनको आज साँझ ६ः४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा....
धनकुटामा बन्यो २० बेडको आइसोलेशन, आईतबारबाट कोरोना संक्रमितको उपचार थालिने

धनकुटामा बन्यो २० बेडको आइसोलेशन, आईतबारबाट कोरोना संक्रमितको उपचार थालिने

धनकुटा । धनकुटामा कोरोना संक्रमितको उपचारका लागि २० बेडको आईसोलेशन निर्माण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट जिल्ला अस्पतालले धनकुटाको औद्योगिक ग्राममा आईसोलेशन कक्ष निर्माण गरेको हो । आईसोलेश कक्ष निर्माण भएसँगै अब आईतबारबाट धनकुटामै कोरोना संक्रमितको उपचार थालिने जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए । ‘आईसोलेशन कक्ष बनिसकेको छ । अब धनकुटामा नयाँ ...
धनकुटामा पीसीआर मेसिन किन्न र भेन्टिलेटरसहितको आईसियू बनाउँन आयो तीन करोड बजेट

धनकुटामा पीसीआर मेसिन किन्न र भेन्टिलेटरसहितको आईसियू बनाउँन आयो तीन करोड बजेट

धनकुटा । धनकुटामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न र भेन्टिलेटरसहितको आईसियू कक्ष निर्माण गर्न सरकारले तीन करोड बजेट उपलब्ध गराएको छ । पीसीआर मेसिन खरिद गर्न एक करोड र जिल्ला अस्पतालमा ६ वटा भेन्टिलेटरसहितको १० वेडको आईसियू कक्ष निर्माण गर्न दुई करोड बजेट सरकारले उपलब्ध गराएको हो । पीसीआर मेसिन खरिद गर्न र आईसियू कक्ष निर्माण गर्न सरकारले अनुमति प्रदान गरी कोरोना कोषमार्फत बजेटको सि...
सुन्दरहरैंचामा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

सुन्दरहरैंचामा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा आज मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.२९ प.६९५२ नम्बरको मोटरसाईकलले बिहान करिब ११ बजे बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकल चालक सिमरा–८ बाराका ४५ बर्षीय राजकुमार पुलामी, साईकल चालक स्थानीय २८ बर्षीय नवराज बराईली र साईकलको पछाडी सवार ४५ बर्षीय डम्बरबहादुर श्रेष्ठ घाईते ...
धनकुटामा केही खुकुलो पार्दै ६ दिन थपियो निषेधाज्ञा

धनकुटामा केही खुकुलो पार्दै ६ दिन थपियो निषेधाज्ञा

धनकुटा । धनकुटामा थप ६ दिन निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहिबार राती १२ बजेदेखि भदौ १७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको हो । जिल्ला संकट व्यवस्थापन समितिको सिफारिस अनुसार केही खुकुलो पार्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले संगालोखबरलाई जानकारी दिए । यसअघि गत भदौ ४ गतेदेखि आज राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । यसअघिको ...
धरानबाट प्रतिबन्धित ३ हजार क्याप्सुल औषधिसहित एक जना पक्राउ

धरानबाट प्रतिबन्धित ३ हजार क्याप्सुल औषधिसहित एक जना पक्राउ

धरान । धरानबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ गणतन्त्र बस्तीका ३७ बर्षीय राज कुमार चौधरी छन् । घरको कोठामा प्रतिबन्धित औषधी संचय र दुरुपयोग गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सो सूचनाका आधारमा गएको प्रहरी टोलीले चौधरीको कोठामा खानतलासी गर्दा कोठा भित्र टिनको बाकस माथी बुफर भित्र लुकाएर राखिएको अवस्थामा स्पास्मो प्रोक्सिभोल प्लस ना...
प्रदेश १ मा थपिए ८९ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ८९ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का चार जिल्लामा आज ८९ कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, संखुवासभा र ईलाममा कोरोना संक्रमित थपिएका हुन् । मोरङको बिराटनगरका २० महिला र १८ पुरुष गरी ३८ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैंचाका १ जना र कटहरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको ईटहरीका १० जना, धरानका ३ जना, बर्जुका ३ जना, रामधुनीका ४ जना, ईनरुवाका २ जना, गढीका ४ जना ...
उदयपुरमा ८० किलो गाँजासहित दुई जना पक्राउ

उदयपुरमा ८० किलो गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ ठुलो टिकेनीबाट ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले बुधबार करीव ८० के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका १ का २९ वर्षीय पुण्यबहादुर मगर र उदयपुरगढी–३ का ४३ वर्षीय रामकुमार गोले छन् । उदयपुरबाट सिराहतर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ...
error: Content is protected !!