संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

बिराटनगर । पाँचथर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बुधवार बेलुका पाँचथरको याङवरक गाउँपालिका–४ का ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा सर्ट भएको बिद्युतको तार बनाउने क्रममा करेन्ट लागेर काम्बाङ घाईते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उपचारका क्रममा बेलुका ७ बजे  उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement

त्यस्तै झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनावारीका २८ बर्षीया अन्जता राईको पनि करेन्ट लागेर मृत्यु भएको छ । बुधवार साँझ करिव ६ बजे घरमा पंखा चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी राईलाई उपचारका लागि बि.एण्ड.सी.अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!