रबिन कटेल

धनकुटा । धनकुटामा आज रातीदेखि थप एक साताका लागि अत्यावश्यक काम बाहेक आवतजावतमा प्रतिबन्ध लगाईएको छ । भदौं ४ गते बिहिबार (आज) राती १२ बजेदेखि भदौ ११ गते बिहिबार राती १२ बजेसम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement

धेरै व्यक्तिसँग सम्पर्कमा रहेका सहिदभूमी गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएपछि सर्तकताका लागि थप एक साता आवतजावतमा प्रतिबन्ध लगाईएको हो । यसअघि धनकुटाका प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ दम्पतीमा कोरोना संक्रमण देखिएपछि साउन २९ गते बिहिबार राती १२ बजेदेखि आज राती १२ बजेसम्मका लागि धनकुटा नगरपालिकाका ६ वटा वडामा निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

निषेधित क्षेत्र घोषणा गरेर संक्रमितसँगको सम्पर्कका पुगेका ५० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण देखिएन । यता, धनकुटा सदरमुकामसहित बिभिन्न क्षेत्रका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा पुगेका सहिदभूमीका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लाभर नै एक साताका लागि आवतजावतमा प्रतिबन्ध लगाउँने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement