सुनसरी । धरानमा थप एक साता लकडाउन घोषणा गरिएको छ । धरान उपमहानगरपालिका कार्यपालिकाको आज बसेको बैठकले भोलिदेखि भदौ १७ गते राती १२ बजेसम्मका लागि लकडाउन थप्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढ्दै गएकाले त्यसलाई न्यूनिकरणका लागि साउन २२ गतेदेखि लकडाउन गर्दै आएको उपमहानगरपालिकाले थप एक साता लकडाउन लम्ब्याएको हो । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले धरान प्रवेश गर्नेहरुलाई थप कडाइ गरिने भएको छ । लकडाउनको अवधिमा बिहान १० बजेसम्म खाद्यान्न तथा सागसब्जी पसल खोल्न दिईनेछ ।
धरानमा हालसम्म तीन जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । धरानका १ सय २० जनामा कोरोना संक्रमा पुष्टि भएको उपमहानगरपालिकाले जनाएको छ ।