भीमनारायण गोल्डकप: एपीएफलाई हराउँदै गाइघाट उपाधि नजिक
धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी सहिद भीमनारायण गोल्डकपको उपाधि नजिक पुगेको छ । आज भएको अन्तिम सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै गाइघाट फाइनल प्रवेश गरेको हो ।
खेल सुरु भएको एक मिनेट बित्न नपाउँदै एपीएफका युवराज खड्काले गोल गरेर टिमको खाता खोले । मध्यान्तरअघि एपीएफले १-० को अग्रता कायम राख्न सफल भयो । खेलको ६० औं मिनेटमा गाइघाटका किस्...






























