विराट गोल्डकपमा आज पुलिस र मछिन्द्र भिड्ने
विराटनगर । विराटनगरमा जारी ३८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली नेपाल पुलिस क्लब र काठमाडौंको मछिन्द्र फुटबल क्लब भिड्दै छन् ।
साँझ ६ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । आइतबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ ।
यसअघि शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्त...





























