संगालोखबर


विराटनगर । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इङ्ग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

नेपालले समग्रमा तेश्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो । दुई पटकको च्याम्पियन टोली इङ्ग्ल्यान्डसँग नेपालको ऐतिहासिक खेल हुनेछ ।

अनि नेपालले समूह चरणका आफ्ना चार वटै खेल वानखडे स्टेडियममा खेल्नेछ । विश्वकपका नेपालका आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव डेब्युको तयारीमा छन् ।

सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी हुन् । कप्तान रोहित पौडेलसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!