संगालोखबर


धनकुटा । भोजपुरको रामप्रसादराई गाउँपालिका र झापाको कनकाई नगरपालिका धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

हिले भलिबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिता अन्तरगत आज भएको सेमीफाइनल खेलमा रामप्रसादराई गाउँपालिकाले धनकुटाको पाख्रीबास नगरपालिकालाई र झापाको कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

Advertisement

पहिलो सेमिफाइनल खेलमा रामप्रसादराई गाउँपालिकाले पाख्रीबास नगरपालिकालाई २५-१६, १५-२५, २२-२५, २७-२५ र १५-११ को सेटले पराजित गरेको हो । त्यस्तै झापाको कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई १७-२५, २५-२३, २५-१८ र २५-१९  को सोझो सेटले पराजित गरेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिए ।

फाइनल खेल शुक्रवार १ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् । हिलेमा रामनवमीको अवसरमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!