संगालोखबर


विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा पहिलो पटक आयोजना गरिएको ‘अनिल-मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा मोरङले पहिलो जित निकालेको छ ।

विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा सुनसरीलाई ५५ रनले पराजित गर्दै मोरङले पहिलो जित हात पारेको हो ।

Advertisement

टस जितिर ब्याटिङ गरेको मोरङ निर्धारित ५० ओभरको खेलमा २७ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै १ सय १४ रनमा अलआउट भयो । मोरङका प्रतीक पोखरेलले ३२ रन बनाउँदा सुवास रायले १३ रनको योगदान दिए ।

सुनसरीका कविराज खत्रीले किफायती बलिङ गर्दै ९ दशमलव ३ बलमा ५ मेडन राख्दै २१ रन दिएर ५ विकेट लिँदा कृष्ण विष्ट र रविन मण्डलले १-१ विकेट लिए ।

जवाफमा १ सय १५ रनको झिनो लक्ष्य पाएको सुनसरीले १९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै मात्र ५५ रन बनायो । सुनसरीका रोशन खत्रीले १७ रन बनाउँदा अफन ताहिरले ११ रनको योगदान दिए ।

मोरङका कृष शर्माले ७ दशमलव ४ बलमा २ मेडन राख्दै १७ रन दिएर ५ विकेट लिँदा कृतिक कामतले २ ओभरमा २ रन दिएर ४ विकेट तथा प्रतीक पोखरेलले १ विकेट लिए । खेलमा प्लेयर अफ म्याच मोरङका प्रतीक पोखरेल भए । उनले ३२ रन बनाउनुको साथै सुनसरीका २ ब्याटरको क्याच समेत दिएका थिए ।

शनिबारसम्म हुने प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि छन् । कोशी प्रदेशको क्रिकेट विकासका लागि प्रतियोगिता गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए ।

प्रतियोगिताले खेलाडीहरूमा थप हौसला प्रदान हुने उनले बताए । मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व क्रिकेट खेलाडी भएको अध्यक्ष श्रेष्ठले बताए ।

उनीहरूको सम्मानका लागि प्रतियोगिता गरिएको उनले जानकारी दिए । ५० ओभरको खेलमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने आयोजकले जनाएका छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!