संगालोखबर


विराटनगर । विराटनगरमा पहिलो पटक ‘अनिल-मीन’ ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा चैत ५ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा हुन लागेको प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि हुने छन् । आयोजकले आज पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशको क्रिकेट विकासका लागि प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ ।

मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व क्रिकेट खेलाडी हुन् । उनीहरूको सम्मानका लागि प्रतियोगिता गर्न लागिएको कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेले जानकारी दिए ।

उनका अनुसार अनिल र मीन केही दशक अगाडिका बहुचर्चित क्रिकेट खेलाडी हुन् । ५० ओभरमा हुने खेलमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने मोरङ क्रिकेट संघका अध्यक्ष मोहम्मद सादबाबुले बताए ।

यो प्रतियोगिताबाट कोशी प्रदेशको क्रिकेट थप उचाइमा पुग्ने विश्वास लिइएको उनको भनाइ छ । प्रतियोगितामा मोरङ र सुनसरीका सिनियर तथा जुनियर खेलाडीहरू सहभागि हुनेछन् ।

नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले यो प्रतियोगिताले खेलाडीहरूमा थप हौसला प्रदान हुने उल्लेख गरे । कोशी प्रदेशको क्रिकेट विकासका लागि फाउण्डेसनले विभिन्न गतिविधि गरिरहेको उनले बताए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!