
विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इङ्ग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान रोहितकुमार पौडेल र लोकेश बमले समान ३९ रन बनाए । इङ्गल्यान्डका लायम ड्वासनले २ विकेट लिए ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
इङ्ग्ल्यान्डका ज्याकब बेथेलले ५५, कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २/२ विकेट लिए । प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो ।

संगालोखबर 














