हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा हात्तीको आक्रमणबाट ६५ वर्षीय वाङ्दी गुरुङको मृत्यु भएको हो । आज बिहान ९ बजेतिर जङ्गलमा घाँस काटेर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङलाई समूहमा भेला भएका जङ्गली हात्तीले लखेटेका थिए । कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले शव परिवारको जिम्मा ल...
धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा 

धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा 

धनकुटा । धनकुटाको निशान भगवती मन्दिरमा जमरा राखिएको छ । मन्दिरको दशैं घरमा उत्तम साइत पारेर आज बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिएको हो । धनकुटा नगरपालिका-६ स्थित बीच बजारमा रहेको यस मन्दिरमा वि.स. १८३१ सालदेखि निरन्तर जमरा राखिदै आएको छ । मन्दिरमा नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमदभागवत् र अन्य देवी स्तोत्रको पाठपारायण समेत गरिन्छ । मन्दिरमा नवरात्रको पहिलो दिनदेखी नवौदिनसम्म विभिन्न देवी...
सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइयो

सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइयो

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित दुलारीमा भएको बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । केहीबेर अघि मे १ ख २६२८ नम्बर र को १ ख ७२१६ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार घटनाको थप विवरण आउन बाँकी छ । अहिले दुर्घटनाग्रस्त गाडीलाई पन्छाएर राजमार्ग सुचारु भइसकेको...
सुनसरीको बुढीखोलामा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुनसरीको बुढीखोलामा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुनसरी । सुनसरीको बुढीखोलामा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त क्षेत्रमा अझै पानीको सतह बढ्ने सम्भावना छ । उक्त क्षेत्रमा पानीको जलसतह सतर्कता तह नजिक रहेको विभागले जनाएको छ । विभागले उक्त क्षेत्रका नदी तटीय क्षेत्र र डुबान हुने होचो भू-भागका स्थानीयलाई दिउँसो सम्म सतर्कता अपनाउन आग्रह गरेको छ । कोसी प्रदेशसँगै देशका विभिन्न स्थानमा आज बिहानै देखि पानी परिरहेको छ ।
मोरङको सुन्दरहरैँचामा बस दुर्घटना

मोरङको सुन्दरहरैँचामा बस दुर्घटना

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित दुलारीमा दुई वटा बस जुधेका छन् । पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२१६ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे १ ख २६२८ नम्बरको बस जुधेका हुन् । घाइतेहरूलाई उद्धारको काम भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ । सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना ...
धनकुटामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिने

धनकुटामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिने

धनकुटा  । धनकुटामा चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सुरक्षा निकाय र सरोकारवालाबीचको बैठकले यस्तो निर्णय गरेको हो । चाडवाडको बेलामा उपभोक्ता तथा यात्रुहरूलाई समस्या नपरोस् भन्ने उद्देश्यले साथै कुनै अप्रिय घटना हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिने बताइएको छ ।सवारी साधनमा विशेष चेकजाँच गरिने धनकुटाका प्रमुख जिल्ला अधिका...
एमाले विराटनगर कमिटीले रक्तदाता सञ्जाल निर्माण गर्ने 

एमाले विराटनगर कमिटीले रक्तदाता सञ्जाल निर्माण गर्ने 

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्तदाता सञ्जाल निर्माण गर्ने भएको छ । आज बसेको महानगर कमिटीको बैठकले रगत अभावमा बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सञ्जाल निर्माण गर्ने निर्णय गरेको हो । महानगर भित्रका पार्टी सदस्यहरूलाई समेट्दै रक्तदाता सञ्जालको निर्माण गर्ने निर्णय भएको महानगरका सचिव बलराम गिरीले जानकारी दिए । महानगर र मातहतका कमिटीले प्रत्येक बैठक तथा कार्यक्...
धरानमा तालिम प्राप्त कुकुरसहित चाडपर्व लक्षित चेकजाँच 

धरानमा तालिम प्राप्त कुकुरसहित चाडपर्व लक्षित चेकजाँच 

धरान । इलाका प्रहरी कार्यालय धरानले चाडवाडलाई लक्षित गर्दै चेकजाँचमा कडाइ गरेको छ । लागूऔषध, विस्फोटक पदार्थलगायतको ओसारपसार रोकथाम गर्ने उद्देश्यले तालिम प्राप्त कुकुरसहित चेकजाँचमा कडाइ गरेको हो । कोशी लोकमार्गमा गुड्ने सबै प्रकारका गाडी र शङ्कास्पद यात्रुहरूलाई तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरीको टोलीले चेकजाँच गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय धरान शाखाबाट तालिम प्राप्त कुकुरसहित...
विराटनगरमा भोलिदेखि विराट सडक महोत्सव

विराटनगरमा भोलिदेखि विराट सडक महोत्सव

विराटनगर । विराटनगरमा भोलिदेखि विराट सडक महोत्सव सुरु हुँदैछ । आयोजक मञ्जिना मुभिज क्रिएसन प्रा.लि.ले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । दशैंको अवसर पारेर हिमालय रोडमा गर्न लागिएको महोत्सव असोज २३ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिए । विराटनगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महोत्सव उद्‌घाटन गर...
झापामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

झापामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका ३ का ३६ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर मृत्यु भएको हो । हिजो घर नजिकैको खोलामा पानी तान्ने मोटरको तार खोलेर लगाउँदा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका गिरीको अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्...
ताप्लेजुङको सिरिजङ्घा-३ का वडाध्यक्षले हङकङबाट पठाए राजीनामा 

ताप्लेजुङको सिरिजङ्घा-३ का वडाध्यक्षले हङकङबाट पठाए राजीनामा 

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले राजीनामा दिएका छन् । झण्डै एक वर्षदेखि हङकङमा रहेका उनीविरुद्ध कारबाहीको आवाज उठ्न थालेपछी राजीनामा दिएका हुन् । उनले हङकङबाट नै जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङलाई सम्बोधन गर्दै असोज १८ गतेबाट लागू हुनेगरि राजीनामा पठाएका हुन् । २४ कात्तिक २०८० बाट वडामा अनुपस्थित रहेका उनले जनताको सेवा गर्न नसकेकोमा दुःख व्यक्त गर...
सुनसरीको तरहरा र आसपास क्षेत्रमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

सुनसरीको तरहरा र आसपास क्षेत्रमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

विराटनगर । सुनसरीको तरहरा र आसपास क्षेत्रमा भारी वर्षा भइरहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले उक्त क्षेत्रमा थप वर्षा हुने सम्भावना देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको हो । पछिल्लो तीन घण्टामा सो क्षेत्रमा भारी वर्षा भइरहेको र थप हुन सक्ने देखिएकाले सर्दु, सुनसरी खोला, बुढीखोला, केसलिया र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको ...
रङ्गेली नगरपालिकाद्वारा करको दर संशोधन, तीन वर्षसम्म यथावत रहने 

रङ्गेली नगरपालिकाद्वारा करको दर संशोधन, तीन वर्षसम्म यथावत रहने 

विराटनगर । मोरङको रङ्गेली नगरपालिकाले वृद्धि गरेको करको दर घटाएर पुरानै दरलाई कायम गर्ने भएको छ । हिजो बसेको विशेष नगरसभाले पुरानै करको दरलाई कायम गर्ने निर्णय गरेको नगर प्रमुख दिलिप बगडियाले बताए । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि सम्पत्ति करमा गरिएको वृद्धि परिमार्जन हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेसले आन्दोलन गरेको थियो । आन्दोलनले उग्र रूप लिँदा काङ्ग्रेस कार्यकर्ताहरूले नगरपालिकाका कर्मचार...
मोरङको बेलबारीमा बस र बोलेरो जुध्दा एक जनाको मृत्यु 

मोरङको बेलबारीमा बस र बोलेरो जुध्दा एक जनाको मृत्यु 

विराटनगर । मोरङको बेलबारी नगरपालिका-३ मा बस र बोलेरो ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङको बाहुनी घर भएका बोलेरो चालक ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो । हिजो साँझ पूर्वबाट पश्चिम आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्व जाँदै गरेको प्र १-०२-००१ ज ४२७७ नम्बरको बोलेरो एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका थापाको न्युरो अस्पताल विराटनगरम...
धनकुटाको सहिदभूमिमा अवरुद्ध सडकको मर्मत तथा सरसफाइ तीब्र पारियो

धनकुटाको सहिदभूमिमा अवरुद्ध सडकको मर्मत तथा सरसफाइ तीब्र पारियो

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अविरल वर्षाका कारण अवरुद्ध सडक मर्मतको काम सुरु गरेको छ । चाडपर्वको समयमा आवत–जावतमा सहज होस् भन्ने उद्देश्यले सडकको मर्मत तथा सरसफाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ । चाडपर्वको समयमा गाउँपालिकाबासीले सहज रूपमा आवत–जावत र खाद्यान्न ढुवानी गर्न सकुन् भनेर सडकको मर्मत सुरु गरिएको अध्यक्ष मनोज राईले बताए । दशैं, तिहार तथा छठ पर्वको समयमा यात्रुहरूको आवत–जा...
कोशी प्रदेशका ३७ स्थानमा यात्रु सहायता कक्ष स्थापना

कोशी प्रदेशका ३७ स्थानमा यात्रु सहायता कक्ष स्थापना

विराटनगर । चाडपर्वलाई लक्षित गर्दै कोशी प्रदेशका ३७ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहज र सुरक्षित तरिकाले यात्रुहरू गन्तव्यमा पुग्न सकुन् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो । आज विराटनगर बसपार्क स्थित सहायता कक्षको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङको उपस्थितिमा उद्‌घाटन गरिएको छ । चाडपर्वको समयमा मानिसहरूको आवत-जावत बढी हुने हुँदा स...
मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटियो 

मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटियो 

विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खोलाले बगाएर ल्याउँदै गरेको र डुबेको अवस्थामा आज उनीहरूको शव भेटिएको हो । कानेपोखरी र ग्रामथानमा दुई जना पुरुष मृत फेला परेका हुन् भने विराटनगरको सिङ्घिया खोलामा बगाउँदै गरेको अवस्थामा एक महिलाको शव फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले संगालोखबरलाई जानकारी दिए । कानेपोखरी गाउँपालिका...
धनकुटाको छिन्ताङ जाल्पादेवी मन्दिर, जहाँ साँझ परेपछि पुजा गरिन्छ 

धनकुटाको छिन्ताङ जाल्पादेवी मन्दिर, जहाँ साँझ परेपछि पुजा गरिन्छ 

धनकुटा । विशेषगरी मन्दिरमा बिहानको समयमा पूजाआजा गर्ने गरिन्छ । तर एउटा यस्तो मन्दिर छ, जसलाई साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिन्छ । जुन मन्दिर धनकुटाको सहिदभूमि गाउँपालिका-३ मा अवस्थित छ । छिन्ताङ जाल्पादेवी माता साँझ परेपछि मात्रै पूजाआजाका लागि खुला गरिने चर्चित मन्दिर हो । यस मन्दिरमा साँझ ५ बजेपछि मात्रै पूजाआजा गरिन्छ । मन्दिरको आफ्नो छुट्टै विशेषता भएकाले साँझको समयमा मात्रै खुल...
विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि परीक्षण सुरु

विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि परीक्षण सुरु

विराटनगर । विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि पाइपलाइन परीक्षणको काम सुरु गरिएको छ । विराटनगर-८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको महानगरपालिकाले जनाएको छ । परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका लागि दुई/तीन पिस पाइप बिछ्‌याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिनेछ । सबै परीक्षण पूरा गरेपछि...
पहिलो पटक लगानी सम्मेलन गर्दै कोशी प्रदेश सरकार

पहिलो पटक लगानी सम्मेलन गर्दै कोशी प्रदेश सरकार

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । निजी क्षेत्रको सहकार्य र समन्वयमा सम्मेलन गर्ने सरकारको तयारी छ । हिजो कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो । जसअनुसार आगामी माघ ११, १२ र १३ गते लगानी सम्मेलन हुने भएको हो । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरे अनुसार कार्यक्रमलाई अगाडि बढ...
प्रकाश तामाङको कृषिकर्म गर्ने चाहना पुरा गर्न पूर्वमुख्यमन्त्री राईद्वारा जग्गा सहयोग

प्रकाश तामाङको कृषिकर्म गर्ने चाहना पुरा गर्न पूर्वमुख्यमन्त्री राईद्वारा जग्गा सहयोग

भोजपुर । ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले जग्गा सहयोग गरेका छन् । तामाङले कृषि पेसामा आवद्ध हुने इच्छा देखाएपछि राईले पाँच रोपनी तीन आना जमिन तामाङको नाममा पास गरिदिएका हुन् । राईले जग्गासँगै एक थान हाते ट्याक्टर र एक हल गोरु समेत सहयोग गरेका छन् । पूर्वमुख्यमन्त्री राईसँगको भेटमा प्रकाशले भोजपुरमै बसेर कृषि पेसामा संलग्न हुने तर आफू...
एमाले कोशीद्वारा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न सरकारको ध्यानाकर्षण

एमाले कोशीद्वारा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न सरकारको ध्यानाकर्षण

विराटनगर । अविरल वर्षाका कारण जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति भएको भन्दै यसको सामनामा जुट्न नेकपा एमाले कोशी प्रदेश कमिटीले अपिल गरेको छ । कमिटी अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न तीनै तहको सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था र निजी क्षेत्रलाई आग्रह गरिएको छ । चाडपर्वको मुखमा पहिरोका कारण यातायात अवरुद्ध भएकाले तत्काल सडक सुचारु गर्दै घा...
बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति कोशीका सभामुखद्वारा दुःख व्यक्त 

बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति कोशीका सभामुखद्वारा दुःख व्यक्त 

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बर बहादुर बिष्टले बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य  जारी गर्दै सभामुख विष्टले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूलाई स्वास्थ्यलाभको कामना गरेका छन् । विपद् कुनै क्षेत्रविशेष समस्या नभएर सम्पूर्ण राष्ट्रको साझा पीडा भएको उल्लेख गर्दै सभामुख विष्टले राहत, उद्धार र पुर्नस्थापनाको लागि सबै एकजुट हुनुपर्ने बत...
कोशीमा बाढी, पहिरो र डुबानबाट हालसम्म १४ जनाको मृत्यु, आठ जना बेपत्ता 

कोशीमा बाढी, पहिरो र डुबानबाट हालसम्म १४ जनाको मृत्यु, आठ जना बेपत्ता 

विराटनगर । कोशी प्रदेशमा बाढी पहिरो र डुबानमा परेर १४ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि हालसम्म १४ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर आठ जना बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् । इलाममा एक, पाँचथरमा पाँच, धनकुटामा दुई, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच जनाको मृत्यु भएको हो । पाँचथरमा पाँच, धनकुटामा दुई, ...
सप्तकोसी नदीमा घट्न थाल्यो पानीको बहाव, जोखिम कायमै 

सप्तकोसी नदीमा घट्न थाल्यो पानीको बहाव, जोखिम कायमै 

विराटनगर । ५६ वर्षयताकै सबैभन्दा बढी मापन गरिएको सप्तकोसी नदीको बहाव क्रमिक रूपमा घट्न थालेको छ । अहिले साढे १२ बजेको मापन अनुसार बहाव पाँच लाख नौ हजार आठ सय ७० क्युसेकमा झरेको छ । आज बिहान साढे ११ बजे गरिएको मापन अनुसार कोसीको बहाव ५ लाख ८२ हजार क्युसेकमा झरेको थियो । आज बिहान ३ बजे ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक बहाव मापन भएको थियो । आज बिहान ७ बजे छ लाख ५५ हजार तीन सय ७० क्युसेक मापन भएको...
तमोर नदीमा भेटियो दुई महिलाको शव

तमोर नदीमा भेटियो दुई महिलाको शव

धनकुटा । तमोर नदीमा आज बिहान दुई महिलाको शव फेला परेको छ । धनकुटाको साँगुरीगढी–७ बुढीमोरङ र चौबिसेको फलामेटार नजिक शव फेला परेको हो । मुलघाट नजिक तमोर नदी किनारमा बिहान करिब ५ बजे शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली गएर शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । करिब ३०/३५ वर्षीय जस्तो देखिने मङ्गोलिय...
खुलेको मौसममा यस्तो देखियो धनकुटा (फोटो फिचर)

खुलेको मौसममा यस्तो देखियो धनकुटा (फोटो फिचर)

धनकुटा । धनकुटाको मौसम आजबाट खुलेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित भइरहेको बेला आज बिहानैबाट धनकुटाको मौसममा सुधार भएको हो । अहिले धनकुटामा घाम लागेको छ । मौसममा सुधार आएसँगै धनकुटाको जनजिवन सामान्य बन्दै गएको छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर 
सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५ सय ४० क्युसेक पुगेको छ । यो ५६ वर्ष यताको सबैभन्दा बढी हो । आज बिहान ३ बजे गरिएको मापन अनुसार पानीको बहाव निरन्तर बढिरहेको पाइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको छ । ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । तरपनि कोशी ब्यारेजमा पुल माथिबाट पानी बगिरहेको छ । यसअघि सन् १९६८ अक्टोबर ५ तार...
धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो 

धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो 

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-६ स्थित माझ गाउँमा पहिरोले गोठ बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरोले गोठ बगाउँदा पशुचौपाय मरेका छन् । गोठमाथिबाट झरेको पहिरोले स्थानीय ६४ वर्षीय आसपती तामाङको गोठमा रहेको एउटा राँगो, दुईवटा बाख्रा र एउटा खसी मरेका वडाध्यक्ष देवेन्द्र गुरागाइँले जानकारी दिए । त्यस्तै टोलका अन्य बस्ती समेत जोखिममा रहेका छन् । जोखिममा रहेका करिब एक द...
बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न माओवादीको आग्रह

बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न माओवादीको आग्रह

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न आग्रह गरेको छ । माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । कोशीमा आधा दर्जन व्यक्तिहरूको ज्यान गएको, ८ जनाभन्दा बढी बेपत्ता भएका, कयौँ मानिस घाइते भएका र लाखौंको क्षति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कैयौं मानिसहर...
जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एमाले जिल्ला कमिटी धनकुटाको आग्रह

जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन एमाले जिल्ला कमिटी धनकुटाको आग्रह

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई समयमै सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै जोखिम भएका ठाउँका बासिन्दालाई सुरक्षित रहँदै समयमै सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेको हो । अध्यक्ष शिव आङ्गला लिम्बुद्वारा जारी विज्ञप्तिमा अविरल वर्षाका कारण सिङ्गो देशमा नै ठूलो जनधनको क्षति भएको भन्दै पीडितको उद्धारमा खट्न सबैल...
error: Content is protected !!