वन कार्यालय भोजपुरका अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

वन कार्यालय भोजपुरका अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

विराटनगर । डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी आयोगले आरोपपत्र दायर ...
छथर जोरपाटीका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

छथर जोरपाटीका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । गत असोज २१ गते अस्थायी र करार कर्मचारीको सम्झौता रद्द भएपछि निकालिएका कर्मचारीहरूले तालाबन्दी गरेका हुन् । निकालिएका अस्थायी र करार सम्झौताका कर्मचारीले असोज २६ गते प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बहादुर घिमिरेलाई चार बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । तर माग सम्बोधन नभएपछि त...
विराटनगरको सिङ्घिया खोलामा बेपत्ता युवकको शव फेला

विराटनगरको सिङ्घिया खोलामा बेपत्ता युवकको शव फेला

विराटनगर । विराटनगर-१४ स्थित सिङ्घिया खोलामा बेपत्ता युवकको शव दुईदिनपछि फेला परेको छ । विराटनगर-१० सोमबारेका २५ वर्षीय श्रवण मण्डल मृत अवस्थामा फेला परेका हुन् । असोज १५ गते दिउँसो करिब १ बजे मण्डल सिङ्घिया खोलामा बेपत्ता भएका थिए । बेपत्ता भएका उनको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र वडा प्रहरी कार्यालय हाटखोलाबाट टोली खटिएको थियो । खोजी गर्ने क्रममा आज बिष्णुटो...
धनकुटाका ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै गोबर ग्यास

धनकुटाका ग्रामीण क्षेत्रमा प्रभावकारी बन्दै गोबर ग्यास

धनकुटा । धनकुटाका ग्रामीण क्षेत्रमा गोबर ग्यास प्रभावकारी बन्दै गएको छ । गोबर ग्यासबाट दोहोरो फाइदा लिन सकिने भएपछि ग्रामीण क्षेत्रमा यो प्रविधि निकै प्रभावकारी बन्दै गएको हो । गाई, भैंसीको गोबरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज हुने भएकाले किसानलाई दोहोरो फाइदा पुगेको छ । ग्रामीण भेगमा एलपी ग्यास भन्दा प्रभावकारी गोबर ग्यास भएको धनकुटाका लाखमान तामाङले बताए । ‘ग्रामी...
सुनसरीको इनरुवा-६ का वडाध्यक्ष थापा पक्राउ

सुनसरीको इनरुवा-६ का वडाध्यक्ष थापा पक्राउ

विराटनगर । सुनसरीको इनरुवा-६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन् । शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापा पक्राउ परेका हुन् । सुनसरी प्रहरीका अनुसार लामो समयदेखि लुकेर बस्दै आएका उनलाई शनिवार राति इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो । उनी वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर फरार थिए । फागुन २२ गते साँझ चतराबाट कान्छी चोकतर्फ आउँदै गर्दा थापाले चलाएको ...
पाँचथरमा चिर्पटले हानेर छोराले गरे बाबुको हत्या

पाँचथरमा चिर्पटले हानेर छोराले गरे बाबुको हत्या

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-१ मा छोराले बाबुको हत्या गरेका छन् । आइतबार ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुवा युवराज राईको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिष कर्णका अनुसार युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो । बाबुसँगै बसेर मदिरा सेवन गरेका उनले के विषयमा विवाद हुँदा चिर्पट प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको कर्णको भनाइ छ । घटनाको ...
जिल्ला अदालत मोरङको नक्कली परिचय पत्र बनाएर ठगी गर्ने आमा-छोरी पक्राउ

जिल्ला अदालत मोरङको नक्कली परिचय पत्र बनाएर ठगी गर्ने आमा-छोरी पक्राउ

विराटनगर । मोरङ जिल्ला अदालतको नक्कली परिचय पत्र बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरूमाथि सरकारी कार्यालयमा जागिर खुलेको विज्ञापन निकालेर दर्जनौं व्यक्तिमाथि ठगी गरेको आरोप छ । पक्राउ पर्नेमा सिराहाको लाहान घर भई विराटनगर-५ मा डेरा गरि बस्ने ५० वर्षीया पुनमदेवी साह र उनकी छोरी २७ वर्षीया कोमलकुमारी साह छन् ।  सासू आमाको नाममा बैंक खाता खोल्न लगाएर छोरी-ज्वाइँले ठगी गरेको प्...
मोरङको कटहरीमा पन्यू तताएर महिलाले डामिँदिइन् पुरुषको लिङ्ग

मोरङको कटहरीमा पन्यू तताएर महिलाले डामिँदिइन् पुरुषको लिङ्ग

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलमा एक महिलाले पन्यू तताएर पुरुषको लिङ्ग डामिँदिएकी छन् । आज बिहान करिब चार बजे ३० वर्षीया माझी थरकी महिलाले धनपालथान गाउँपालिका-४ कर्सियाका ३८ वर्षीय पासवान थरका पुरुषको लिङ्ग र मुखमा डामिँदिएकी हुन् । प्रहरीका अनुसार मोरङको रंगेली नगरपालिका माझी टोल घर भएकी महिला कटहरीको आदर्श टोलमा डेरा बस्दै आएकी थिइन् । दुबै जना विवाहित भएपनि उनीहरूको पहिलादेखिन...
धनकुटा नगर क्षेत्रमा दुईदिन स्थानीय बिदा

धनकुटा नगर क्षेत्रमा दुईदिन स्थानीय बिदा

धनकुटा । धनकुटा नगरपालिकाले नगर क्षेत्रमा दुईदिन स्थानीय बिदा दिएको छ । धनकुटा नगरपालिका भित्र मात्रै बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेटको मुख्य दिन कात्तिक १९ र २० गते दुईदिन स्थानीय बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचना अनुसार स्थानीय बिदाका दिन अत्यावश्यक बाहेकका सेवाहरू बन्द हुनेछन् । उक्त दिन नगर कार्यपालिकाको कार्यालय (अत्यावश्यक सेवा बाहेक), वडा...
बन्द अवधिको यातायात जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

बन्द अवधिको यातायात जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले बन्द अवधिको यातायात जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । आज बसको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका कारण यातायात व्यवस्था कार्यालयहरू बन्द रहँदा म्याद गुज्रिएका सवारीसाधनका कागजातहरूको जरिवाना मिनाहा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार कार्यालय बन्द रहँदा जरिवाना लाग्ने अवधि शून्य मानेर सेवाग्र...
कोशीका चार राजमार्ग पूर्णरूपमा अवरुद्ध 

कोशीका चार राजमार्ग पूर्णरूपमा अवरुद्ध 

विराटनगर । कोशी प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । बाढी र पहिरोका कारण दुई वटा सडक एकतर्फी सुचारु रहेको जनाएको छ  । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोलामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै इलाममा मेची राजमार्ग रातको समयमा सञ्चालनमा रोक लगाइएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका-२ र धनकुटा चौबिसे गाउँपालिका-४ चारखोलेमा बाढी पहिरोका कारण तमोर...
धनकुटाका आठपहरियाको मुख्य चाड वाडाङ्मेट सुरु

धनकुटाका आठपहरियाको मुख्य चाड वाडाङ्मेट सुरु

धनकुटा । धनकुटामा बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेट सुरु भएको छ । आठपहरियाको ५२ चुले घरमा माङ्लाङ् उठाएपछि मुख्य चाड वाडाङ्मेट सुरु भएको हो । आठपहरिया जातिले बैशाखे, भदौरे र मंसिरे गरी तीनवटा चाड मनाउने गर्दछन् । जसमध्ये वाडाङ्मेट अर्थात मंसिरे चाडलाई विशेष महत्वका साथ मनाउने गरेका छन् । मुख्यगरी धनकुटामा मात्रै बसोवास गर्ने आठपहरियाहरू वर्षभरिमा दिवङ्गत भएका आफ्ना आफन्तको सम्झना...
जहदामा प्रहरीकै अगाडि एक परिवारका दुई जनामाथि कुटपिट 

जहदामा प्रहरीकै अगाडि एक परिवारका दुई जनामाथि कुटपिट 

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ राजवंशी चोकमा डिजे बजाएको विषयमा विवाद हुँदा एक परिवारका दुई सदस्यमाथि निर्घात कुटपिट भएको छ । विवादका क्रममा ३८ वर्षीय मुकेशकुमार साह र उनकी श्रीमती ३२ वर्षीया सीमादेवी साहमाथि कुटपिट भएको हो । प्रहरीका अनुसार सोही ठाउँका ५० वर्षीय बिन्देश्वर सरवरीया, उनकी श्रीमती ५० वर्षीया हिरामनी सरवरीया, छोरा ३० वर्षीय सुनिल र छोरी २६ वर्षीया सुनिताले कुटपिट गरेका हुन् ।...
कारसहित हराएका झापाका युवाको शव गाडिएको अवस्थामा फेला

कारसहित हराएका झापाका युवाको शव गाडिएको अवस्थामा फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-१० का ३३ वर्षीय सरोज शर्माको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ । आज बिहान बाह्रदशी र झापा गाउँपालिकाको सिमानामा पर्ने बिरिङ नदीको पुल मुनि गाडिएको अवस्थामा शव फेला परेको हो । शर्मा सात दिनअघि बा १-०३० च ७१९४ नम्बरको आफ्नै कारसहित हराएका थिए । दुई दिनअघि मात्र उनको कार चारआली-भद्रपुर सडक खण्ड अन्तर्गत चारआली जंगलको हातेमालो सामुदायिक बनभित्र जलिरहेको अ...
धरान-धनकुटा सडकको चारखोले गोलाइमा एकतर्फी सडक सुचारु

धरान-धनकुटा सडकको चारखोले गोलाइमा एकतर्फी सडक सुचारु

धनकुटा । अविरल वर्षाका कारण भासिएको धरान-धनकुटा सडकको चारखोले गोलाइमा एकतर्फी सवारी-साधन सुचारु भएका छन् । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ स्थित कोशी लोकमार्गको १० मिटर सडक भासिएको थियो । ‘साना गाडीहरू एकतर्फी सञ्चालन भएका छन्’, धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले संगालोखबरसँग भने, ‘ठूला गाडीहरू सञ्चालन हुन सकेका छैनन् ।’ भासिएको सडकलाई सुचारु गर्न जेसिबीको सहायताले भित्तातिर...
कोशी प्रदेश सभा कटहरीको कृषि बजारमा बस्ने निश्चित

कोशी प्रदेश सभा कटहरीको कृषि बजारमा बस्ने निश्चित

विराटनगर । कोशी प्रदेश सभा सञ्चालनका लागि मोरङको कटहरी स्थित कृषि बजारलाई वैकल्पिक स्थानको रूपमा छनोट गरिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका कारण प्रदेश सभा ध्वस्त भएपछि वैकल्पिक स्थल छनोट गरिएको हो । यसअघि प्रदेश सभा सञ्चालनका लागि विराटनगरको वीरेन्द्र सभागृहलाई अस्थायी स्थलको रूपमा प्रयोग गर्ने तयारी गरिएको थियो । तर आर्थिक भार बढी पर्ने भएकाले पुनः कृषि बजारलाई छनोट गरिएक...
अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका किसान चिन्तित

अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका किसान चिन्तित

धनकुटा । अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका कृषक चिन्तित भएका छन् । व्यवसायिक खोर्सानी खेती गर्दै आएका किसान उचित मूल्य नपाउँदा मारमा परेका हुन् । गतवर्ष अकबरे खोर्सानी प्रतिकिलो ३ देखि ४ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । तर यसवर्ष प्रतिकिलो १ देखी १ सय ८० रुपैयाँसम्ममा मात्रै बिक्री भइरहेको कृषक प्रदिप ओझाले बताए । उनले ५ रोपनी क्षेत्रफलमा करिब ३ हजार बोट अकबरे लगाएका छन् । खोर्सानी उत्...
नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन सुनसरी प्रशासनको आग्रह

नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन सुनसरी प्रशासनको आग्रह

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । अविरल वर्षाका कारण डुबान हुन सक्ने भन्दै नदी किनारका बस्ती तथा प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिम महसुस भएमा सुरक्षित स्थानमा सर्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै तीन वटै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवालालाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भन...
भासियो धरान–धनकुटा सडक 

भासियो धरान–धनकुटा सडक 

धनकुटा । अविरल वर्षाका कारण धरान-धनकुटा सडक भासिएको छ । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ चारखोले गोलाइमा कोशी लोकमार्गको १० मिटर सडक भासिएको हो । सडक भासिएपनि एकतर्फी सडक सुचारु रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । उक्त स्थानमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरीको टोली पुगेको छ । कोशी पहाडी जिल्लाका विभिन्न स्थानका सडकहरू पनि पहिरोका कारण अवरुद्ध भएका छ...
अविरल वर्षाका कारण रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध

अविरल वर्षाका कारण रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका-५ लुम्फाजुङस्थित निर्माणाधीन रवि-राके-भेडेटार भित्री सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो झर्दा सडक अवरुद्ध भएको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार २० मिटर सडक भासिएको छ भने माथिबाट पहिरो खसेको छ । जसका कारण दुईतर्फी सडक अवरुद्ध भएको उनले जानकारी दिए । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कोशी प्रदेशसहित दे...
धनकुटामा बस दुर्घटना

धनकुटामा बस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–९ तीनघुम्तीमा बस दुर्घटना भएको छ । दमकबाट दिक्तेल जाँदै गरेको प्र १-०२-००१ ख ९५१९ नम्बरको बस आज बिहान करिब ८ः४५ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा परी एक जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोरङको लेटाङ नगरपालिका-३ की ५५ वर्षीया मिना गुरुङ छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । बसमा २७ जना यात्रु सवार थिए । बाँकी सबै सकुशल रहेको...
वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

विराटनगर । चक्रवात ‘मोन्था’ को प्रभावले निरन्तर वर्षा हुँदा आएको बाढी र पहिरोका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर-ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द रहेको प्रहरीले जनाएको  छ । मोन्थाको प्रभावले कोश...
चक्रवात ‘मोन्था’ को प्रभाव : धनकुटा नगरका विद्यालय आज बन्द

चक्रवात ‘मोन्था’ को प्रभाव : धनकुटा नगरका विद्यालय आज बन्द

धनकुटा । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’ को प्रभावका कारण धनकुटा नगरपालिका विद्यालय आज बन्द गरिएको छ । निरन्तरको वर्षाका कारण विद्यालय र विद्यार्थीहरूमा पर्ने जोखिमको मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । ‘आगामी दिनमा मौसमको प्रतिकूलता हेरी बिदाको व्यवस्था गर्न हुन अनुरोध छ’, प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा भनिएको छ । यस्तै प्रधानाध्...
चक्रवात ‘मोन्था’ को प्रभाव : अरुण गाउँपालिकाका विद्यालय आज बन्द

चक्रवात ‘मोन्था’ को प्रभाव : अरुण गाउँपालिकाका विद्यालय आज बन्द

भोजपुर । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावका कारण भोजपुरको अरुण गाउँपालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । निरन्तर भारी वर्षा भई रहेकोले आज एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीद्वारा जारी सूचना अनुसार गाउँपालिकास्तरीय निर्णयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
तेह्रथुममा बर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत

तेह्रथुममा बर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत

धनकुटा । तेह्रथुमको छथर गाउँपालिका-१ स्थित आङदिममा वर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत गरिएको छ । क्षतिग्रस्त सडकका कारण यातायातका साधन आवत-जावत ठप्प भएपछि स्थानीय युवाहरूले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् । गाउँपालिका र वडा केन्द्र जोड्ने, गाउँदेखि मुख्य सडकसम्म जोडने भित्री सडक खण्डमा  अविरल वर्षाले क्षति पुर्याएको थियो । जसका कारण स्थानीय कृषिजन्य उत्पादन बजार लैजान समस्या भएको थियो...
विराटनगरमा पेट्रोल बोकेको ट्याङ्कर र मिनी ट्रक ठोक्किए

विराटनगरमा पेट्रोल बोकेको ट्याङ्कर र मिनी ट्रक ठोक्किए

विराटनगर । विराटनगर-३ आयल निगममा पेट्रोल बोकेको ट्याङ्कर र अक्सिजन बोकेको मिनी ट्रक ठोक्किएका छन् । आज दिउँसो भएको दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । ट्राफिक प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ३३७४ नम्बरको मिनी ट्रक र सोही दिशातर्फ आउँदै गरेको ना ५ ख ०८४५ नम्बरको ट्याङ्कर एक-आपसमा ठोक्किएका हुन् । ट्यांकर आयल निगम परिसरमा प्रवेश गर्ने क्रममा ब्रेक फेल भएपछि दुर्घटना भए...
इलाममा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते (नामावलीसहित)

इलाममा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते (नामावलीसहित)

विराटनगर । इलामको देउमाई नगरपालिका-१ कुखुरेमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् । तेह्रथुमको आठराईबाट झापातर्फ आउँदै गरेको मे १ ज ३१३७ नम्बरको यात्रुबाहक बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्र १-०१-०१६ प १३६७ नम्बरको मोटरसाइकल आज बिहान १०ः३० बजे एक-आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक १ र बोलेरोमा सवार ९ सहित १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जना...
डाइभर्ट भएको जहाज पुनः काठमाडौं उड्यो, विराटनगरको उडान तालिका प्रभावित

डाइभर्ट भएको जहाज पुनः काठमाडौं उड्यो, विराटनगरको उडान तालिका प्रभावित

विराटनगर । काठमाडौंमा मौसम खराब हुँदा विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । आज बिहान काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान विराटनगर विमानस्थलमै डाइभर्ट हुँदा उडान तालिका प्रभावित भएको हो । विराटनगर विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार काठमाडौंमा अवतरण हुन नसकेपछि विराटनगर नै फर्किएको जहाज पुनः ११ः५४ बजे काठमाडौं उडेको छ । भण्डारीका अनुसार आज विराटनगर विमानस्थलबाट जम्म...
पाख्रीबास नगरपालिकाका विद्यालय मंगलबारसम्म बन्द गर्ने निर्णय

पाख्रीबास नगरपालिकाका विद्यालय मंगलबारसम्म बन्द गर्ने निर्णय

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै चक्रवात ‘मोन्था’ को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको हो । नगर प्रमुख ज्ञानबहादुर गुरुङले जारी गरेको सूचना अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हिउँदे र स्थानीय बिदा कट्टा हुनेगरि मंगलबारसम्म विद...
धनकुटाको पहिचान बन्दै नरिवल बिस्कुट

धनकुटाको पहिचान बन्दै नरिवल बिस्कुट

धनकुटा । नरिवल बिस्कुट धनकुटाको पहिचान बन्दै गएको छ । धनकुटामा उत्पादन हुने नरिवल बिस्कुट जो-कोहीले पनि कोसेलीका रूपमा लैजाने गरेका छन् । बाहिरी जिल्लाबाट धनकुटा आउने पाहुनाहरूले फर्कने समयमा नरिवल बिस्कुट लैजाने गरेका कारण बिक्री वितरण पनि राम्रो छ । धनकुटा नगरपालिका-४ देव्रेबासका स्वर्गीय विश्वेश्वरमान श्रेष्ठले २००८ सालमा मोहन बिस्कुट उद्योगको स्थापना गरेको इतिहास छ । देव्रेबासमा चिया पसल ग...
सुनसरीबाट ब्राउन सुगरसहित संखुवासभाका ओमनाथ पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित संखुवासभाका ओमनाथ पक्राउ

विराटनगर । सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-४ का ३७ वर्षीय ओमनाथ घिमिरे छन् । बुधबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ बस चोकबाट उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । पैदल हिँड्दै गरेको अवस्थामा पक्राउ परेका उनको साथबाट दुई ग्राम तीन सय ६० मिलिग्राम ब्र...
error: Content is protected !!