पाँचथरको सरस्वती माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
विराटनगर । पाँचथरको फिदिम नगरपालिका-५ चोकमागुस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको छ ।
सेवा र विकासका लागि युवाको आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा एक सय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
आर्थिक कठिनाइका कारण विद्यार्थीको अध्ययन निरन्तरतामा देखिने चुनौतीलाई न्यूनीकरण गर्ने उद्देश्यले शैक्षिक सामग्री...






























