कटहरीको तरकारी बजारमा सर्याे कोशी प्रदेश सभा 

कटहरीको तरकारी बजारमा सर्याे कोशी प्रदेश सभा 

विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका कारण देवकोटा चोकको कोशी प्रदेश सभा ध्वस्त भएपछि कटहरी स्थित तरकारी बजारमा सारिएको छ । प्रदेश सभा सचिवालय बुधबारबाट फलफूल तथा कृषि थोक बजारमा सारिएको हो । कटहरीको नयाँ कार्यस्थलमा सभामुख, उप-सभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ । अहिले सचिवालय व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको छ । कार्यालय व्यवस्थापन पूर...
धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक

धनकुटाको खाल्सा क्षेत्रमा पापानी पर्वको रौनक

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्ने किरात राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरूले नयाँ बाली भित्र्याएको खुशियालीमा पापानी चाड मनाउने गरेका छन् । कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबार सहिदभूमि गाउँपालिका-३ स्थित साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुन्छ । पापानी चाडमा ढोल नाच साथै बाजागाजासहित रमाइलो गर्दै इष्टदेवताको पूजाआराधना ...
नोबेल अस्पतालद्वारा वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा

नोबेल अस्पतालद्वारा वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको घोषणा गरेको छ । अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुरूप नोबेलले वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा गरेको हो । कात्तिक २६ गते नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका सञ्चालक डा. सु...
धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो​​​​​​​

धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि बाटो खुल्यो​​​​​​​

धनकुटा । धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका-७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २५ रोपनी ५ आना ३ पैसा जग्गा प्रदान गरेको जानकारी दिए । मन्त्रिपरिषद्को...
जहदा घटनामा मुकदर्शक बनेका प्रहरी हबल्दारलाई सोधियो स्पष्टिकरण

जहदा घटनामा मुकदर्शक बनेका प्रहरी हबल्दारलाई सोधियो स्पष्टिकरण

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ राजवंशी चोकमा दुई छिमेकीबीच भएको झगडामा मुकदर्शक भएको भन्दै प्रहरी सहायक हबल्दारमाथि कारबाही अघि बढाइएको छ । कात्तिक १० गते साँझ ३८ वर्षीय मुकुन्द साह र उनकी श्रीमती ३२ वर्षीया सिमादेवी साहमाथि छिमेकी ५० वर्षीय बिन्देश्वर सरवरीयाको परिवारले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । सो घटनामा मुकदर्शक भएको भन्दै प्रहरी चौकी बुधनगरमा कार्यरत प्रहरी हबल्दार मुक...
लम्पी स्किन : कोशीमा ११ सय चौपायाको मृत्यु

लम्पी स्किन : कोशीमा ११ सय चौपायाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा लम्पी स्कीन रोगका कारण एक हजार बढी पशु चौपायाको मृत्यु भएको छ । प्रदेशका तीन लाख ९४ हजार पाँच सय ८५ चौपायामध्ये तीन लाख एक सय ५४ मा लम्पी स्कीनको संक्रमण देखिएको थियो । जसमध्ये एक हजार एक सय १६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका अनुसार समयमै खोप अभियान सञ्चालन गरेर रोगलाई नियन्त्रणमा लिन सफल भएको हो । लम्पी स्क...
झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-६ शरणामतीमा भएको दुर्घटनामा ४५ वर्षीय सुनिल सोरेनको मृत्यु भएको हो । प्रहरीका अनुसार घरबाट ट्याक्टर निकाल्ने क्रममा दुर्घटना हुँदा सोरेन गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोरेनले मे १ त ३३१६ नम्बरको ट्रयाक्टर घरबाट निकाल...
धरानबाट गाँजासहित सहिदभूमिका सिद्धार्थ पक्राउ

धरानबाट गाँजासहित सहिदभूमिका सिद्धार्थ पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० कोकाहा खोलाबाट गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २३ वर्षीय सिद्धार्थ राई छन् । मंगलबार राति करिब ७ः४० बजे प्र १-०२-०५३ प ९९८१ नम्बरको मोटरसाइकलमा धरानतर्फ आइरहेका राईलाई प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा राईले बोकेको झोलामा ११ किलो गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज ...
विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । विराटनगर–३ बरगाछी चोक नजिकै भएको सवारी दुर्घटनामा महिलाको मृत्यु भएको छ । भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारीको मृत्यु भएको हाे । कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लुबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई साँझ ५ः १५ बजेतिर ठक्कर दिएको थियो । ट्रककाे ठक्करबाट मो...
सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ भुटाहा पुलस्थित भित्री सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार भोक्राहा-२ की अन्दाजी ४५ वर्षीया रसिदा खातुनको मृत्यु भएको हो । आज बिहान करिब ११ः४५ बजे सप्तरीबाट हरिनगरातर्फ जाँदै गरेको प्र १-०२-००१ ख ९२०७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०४१ प ४४३० नम्बरको मोटरसाइकललाई ठक...
धनकुटामा प्रभावकारी बन्दै बंगुरको कृत्रिम गर्भधारण

धनकुटामा प्रभावकारी बन्दै बंगुरको कृत्रिम गर्भधारण

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित कृषि अनुसन्धान कार्यलयको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । फेस्र सेमेन (बंगुरको ताजा वीर्य) संकलन गरी बंगुरमा गरिने कृत्रिम गर्भाधारण कार्यक्रम प्रभावकारी बन्दै गएको हो । पाख्रीबासमा कालो बंगुरको अनुवांशिक शुद्धता र बंगुरपालक किसानको सुविधाका लागि कृत्रिम गर्भधारण सेवा २०७८ सालदेखि सुरु भएको हो । प्रयोगशाला व्यवस्थापनपछि ...
विराटनगरमा एमालेको मोटरसाइकल र्‍याली (फोटो फिचर)

विराटनगरमा एमालेको मोटरसाइकल र्‍याली (फोटो फिचर)

विराटनगर । एमाले विराटनगर महानगर कमिटीसहित ६ वटा छिमेकी पालिका कमिटीले आज मोटरसाइकल र्‍याली निकालेका छन् । विराटनगरसहित बुढीगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदा पालिका कमिटीले मोटरसाइकल र्‍याली निकालेका हुन् । जिल्ला पार्टी कार्यालय पाञ्चालीबाट निकालिएको मोटरसाइकल र्‍याली रोडशेषबाट मेनरोड हुँदै पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई नेताहरूले सम्बोधन गरिरहेका छन् । संविधान र...
मनमोहनका विद्यार्थीले बनाए ‘स्मार्ट हार्वेस्ट’ र ‘सोलार पोडवे’ 

मनमोहनका विद्यार्थीले बनाए ‘स्मार्ट हार्वेस्ट’ र ‘सोलार पोडवे’ 

विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषि कार्यका विभिन्न उपकरण बनाएका छन् ।  एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने विभिन्न मेसिन र सिस्टम उपकरणहरू बनाएका हुन् । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमातर्फ अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरूले धान काट...
अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ बुधबारेकी १३ वर्षीया अंशु गौतमको शव फेला परेको दुई साता नाघेको छ । कक्षा ५ मा पढ्ने गौतम असोज २१ गते दिउँसो घरबाट खेल्न जान्छु भन्दै निक्लिएकी थिइन् । तर उनी घर फर्किइनन् । उनी हराएको १८ दिनपछि अर्थात कात्तिक ७ गते बेलबारी-चिसाङ साझेदारी बनभित्र क्षतविक्षत अवस्थामा शव भेटियो । शव भेटिएको १८ दिन हुँदा पनि  पनि उनको मृत्युको कारण खुल्न सकेको छैन । शरीर र टाउको ...
निर्वाचन क्षेत्रमा सुनिल शर्मालाई नौमती बाजासहित भव्य सम्मान

निर्वाचन क्षेत्रमा सुनिल शर्मालाई नौमती बाजासहित भव्य सम्मान

विराटनगर । नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्मालाई निर्वाचन क्षेत्रका जनताले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य सम्मान गरेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका-३ स्थित गोहीहोली खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्न पुगेका शर्मालाई सोमबार जनताले सम्मान गरेका हुन् । खोलामा पुल नहुँदा उक्त स्थानको जनजीवन लामो समयदेखि कष्टकर थियो । वर्षायाममा आवत-जावत जोखिमपूर्ण मा...
उदयपुरबाट लहान जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जना घाइते   

उदयपुरबाट लहान जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जना घाइते   

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका बगाहा-४ स्थित गाईघाट कदमाहा सडकखण्डमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गाईघाट बजारबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको गाडी त्रियुगा नगरपालिका-४ को बगाहा सडकखण्डमा आज अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते हुनेमा त्रियुगा नगरपालिका-२ का ७७ वर्षीय कमल खड्का, ५७ वर्षीय नरबहादुर खत्री र त्रियुगा नगरपालिका-१२ का १७ वर्षीया प्रतीजा विक...
धनकुटाको अनौठो पौराणिक घर, संरक्षण अभावमा जीर्ण बन्दै

धनकुटाको अनौठो पौराणिक घर, संरक्षण अभावमा जीर्ण बन्दै

धनकुटा । धनकुटा नगरपालिका-२ स्थित सल्लेरी सामुदायिक बनभित्र एक अनौठो घर छ । जंगलमा ओडार र गुफा देख्नेहरूलाई पनि यसले अच्चम्मित तुल्याउँछ । कारण, भीरको ढुंगा मुनि गौँथलीको गुँडजस्तै देखिने घरमा मानव शरीरका हड्डीहरू छन् । उक्त घरमा कुनै समय पञ्चकन्या आएर बसेको किम्वदन्ती छ । रातको समयमा टुकी बालेर बस्दा दुस्मनले साँगुरीगढी आसपासबाट बाण हानेर उनीहरूलाई मारेको किम्वदन्ती रहेको स्थानीय रणबहादुर बस्...
झुम्का कारागारका कैदीको मृत्यु

झुम्का कारागारका कैदीको मृत्यु

सुनसरी । सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ । कारागारको ‘बी’ बन्दीगृहका बन्दी ५३ वर्षीय सुधना सरदारको मृत्यु भएको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अचेत अवस्थामा भेटिएका उनलाई उपचारका लागि जिल्ला जिल्ला अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । सरदारलाई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशानुसार मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै १...
कोशी प्रदेश खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

कोशी प्रदेश खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

विराटनगर । कोशी प्रदेशलाई खोरेतमुक्त बनाउने लक्ष्यअनुरूप विराटनगर महानगरपालिकाबाट निःशुल्क खोप अभियान सुरु गरिएको छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा खोप अभियान सुरु गरिएको हो । विराटनगर-१२ स्थित बञ्जारा एग्रो फार्मबाट खोप अभियान सुरु गरिएको हो । विराटनगर महानगरपालिका...
भोट बटुल्न मात्र हैन आम जनताको हितका लागि राजनीति गरौँ: युवा नेता कटेल

भोट बटुल्न मात्र हैन आम जनताको हितका लागि राजनीति गरौँ: युवा नेता कटेल

धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले भोट बटुल्नका लागि मात्र नभएर आम जनताको हितका लागि राजनीति गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा नेकपा एमाले महालक्ष्मी-७ को वडा भेलालाई सम्बोधन गर्दै युवा नेता कटेलले यस्तो बताएका हुन् । वडाभेलाका प्रमुख अतिथिसमेत रहेका नेता कटेलले निश्चित स्वार्थपूर...
सामाजिक सञ्जालको सदुपयोगका लागि राष्ट्रव्यापी जागरण अभियान

सामाजिक सञ्जालको सदुपयोगका लागि राष्ट्रव्यापी जागरण अभियान

विराटनगर । इस्लामी संघ नेपालले राष्ट्रव्यापी ‘मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग’ जागरण अभियान सञ्चालन गर्ने भएको छ । आज इस्लामी संघ कोशी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलन गर्दै ६ दिने अभियान सम्बन्धी जानकारी दिएको हो । आजबाट सुरु भएको अभियान कात्तिक २९ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ । संघले युवा पुस्ता मोबाइल र सामाजिक सञ्जालको दुरुपयोगको लतमा फसेको उल्लेख गर्दै त्यसलाई सही काम...
ताप्लेजुङमा अलैँचीको मूल्य बढ्यो 

ताप्लेजुङमा अलैँचीको मूल्य बढ्यो 

ताप्लेजुङ । ताप्लेजुङमा अलैँचीको मूल्य बढेको छ । अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ नाघेको छ । अलैँची व्यवसायी सङ्घका अनुसार गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको अलैँचीको मूल्य शनिबार दिउँसोपछि प्रतिमन दुई हजार रुपैयाँले बढेर ९८ हजार रुपैयाँ पुगेको थियो । आइतबार फेरि प्रतिमन चार हजारका दरले बढेर एक लाख दुई हजार रुपैयाँ...
विराटनगरमा घरदैलो अभियानमार्फत सरसफाइ सचेतना

विराटनगरमा घरदैलो अभियानमार्फत सरसफाइ सचेतना

विराटनगर । विराटनगर महानगरपालिका–९ मा घरदैलो अभियानमार्फत सरसफाइ सचेतना अभियान सुरु गरिएको छ । घोघाहा पुल चोक क्षेत्रका बासिन्दालाई फोहोर व्यवस्थापनमा सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । सो क्षेत्रमा घरको फोहोर सडकमा फाल्ने प्रवृत्ति बढ्दै गएपछि सचेतना कार्यक्रमसहित घरदैलो अभियान सुरु गरिएको महानगरका सरसफाइ शाखा प्रमुख पुनम दाहालले जानकारी दिए । अभियान अन्तर्गत प्रत्येक घरलाई फोह...
विराटनगर जेसीज सप्ताहमा पाठक र शर्मा सम्मानित

विराटनगर जेसीज सप्ताहमा पाठक र शर्मा सम्मानित

विराटनगर । विराटनगर जेसीजको ‘जेसीज सप्ताह-२०२५’ मा पत्रकार शुशीला पाठक र नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालन सोइना शर्मा सम्मानित भएका छन् । पाठकलाई पत्रकारिता क्षेत्र तथा शर्मालाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्मान गरेका थिए । जेसीज सप्ताहमा विभिन्न कार्यक...
जेनजीहरूमाथि गोली प्रहार भएको विषयमा गम्भीर छानबिन हुनुपर्छ : शेरधन राई

जेनजीहरूमाथि गोली प्रहार भएको विषयमा गम्भीर छानबिन हुनुपर्छ : शेरधन राई

सुनसरी । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले जेनजीहरूमाथि गोली प्रहार भएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् । आज एमाले सुनसरीले इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका राईले यस्तो बताएका हुन् । यस्तै उनले जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देशमाथि आक्रमण भएको उल्लेख गरे । ‘विद्यालयका साना-साना विद्यार्थीहरू...
मोरङको रंगेलीमा हाइनाको बथान देखिएको भन्दै स्थानीय त्रसित

मोरङको रंगेलीमा हाइनाको बथान देखिएको भन्दै स्थानीय त्रसित

विराटनगर । मोरङको रंगेली नगरपालिका-४ को धनपति क्षेत्र लगायतका स्थानमा हाइना (हुँडार) को बथान देखिएको छ । विगत एक सातादेखि भारतीय सीमा क्षेत्रमा हाइनाको बथान देखिको स्थानीयले बताएका छन् । वडा नम्बर ५ का वडाध्यक्ष महानन्द मण्डलका अनुसार हाइनाको बथान देखिएको भन्दै गाउँघरमा त्रास छाएको छ । ‘आफ्नै आँखाले त देखेको छैन । गाउँमा केहिदिनदेखि हल्ला छ’, वडाध्यक्ष मण्डलले संगालोखबरसँग भने, ‘रंगेली ४, ५ र ६...
भोजपुरको अरुण गाउँपालिकामा घर र दुई वटा मोटरसाइकलमा आगजनी

भोजपुरको अरुण गाउँपालिकामा घर र दुई वटा मोटरसाइकलमा आगजनी

भोजपुर । भोजपुरको अरुण गाउँपालिका-४ चरम्बीमा आगजनीबाट एक घर जलेर नष्ट भएको छ । आगजनीबाट रणबहादुर भुजेलको घरसहित दुईवटा मोटरसाइकल जलेर नष्ट भएका हुन् । ‘आगो कसले लगायो भन्ने खुल्न बाँकी छ’, जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी उमेश यादवले संगालोखबरसँग भने, ‘प्रहरीलाई पनि बिहान मात्रै जानकारी आयो । राति १२ बजेपछि आगो लागेको भन्ने जानकारी प्राप्त भएको छ ।’ उनका अनुसार आगजनीबाट घर र दुई व...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

उदयपुर ।  उदयपुरमा थ्रेसर मेसिन जडान भएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । दुर्घटनामा त्रियुगा नगरपालिका-५ पिपलचौरीका ५८ वर्षीय दमसेर राईको मृत्यु हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । आज बिहान करिब ८ः४५ बजे त्रियुगा नगरपालिका-५ गेरुवाई खोला नजिक पिपलचौरीमा लालपत्तातर्फ आउँदै गरेको स १ त ५४३५ नम्बरको थ्रे...
जेनजी आन्दोलनमा हिरासतबाट भागेका व्यक्ति खोटाङमा पक्राउ

जेनजी आन्दोलनमा हिरासतबाट भागेका व्यक्ति खोटाङमा पक्राउ

खोटाङ । जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेका एक व्यक्ति खोटाङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका-६ केराबारीका २३ वर्षीय प्रबिन मगर छन् । जबरजस्ती करणीको मुद्दामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले...
विराटनगरमा खाल्डोमा पुरियो माछा र सिद्रा

विराटनगरमा खाल्डोमा पुरियो माछा र सिद्रा

विराटनगर । विराटनगरमा माछा र सिद्रा खाल्डोमा पुरिएको छ । विराटनगर-६ स्थित केशलिया खोलाको पुल नजिकै बेवारिसे अवस्थामा फेला परेको ५० किलो रहु माछा र ५० किलो सिद्रा माछा खाल्डोमा पुरेर नष्ट गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उक्त माछा र सिद्रा भारतबाट ल्याइएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयले बरामद गरेको माछा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो ।
धरानको पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटबाट मृत्यु, नौ जना पक्राउ

धरानको पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटबाट मृत्यु, नौ जना पक्राउ

सुनसरी । सुनसरीको धरान-११ स्थित मंगलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएको छ । तेह्रथुमको मेन्छयायेम गाउँपालिका-६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटबाट मृत्यु भएको हो । प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत मंगलबार दिउँसो मृत्यु भएको हो । उनको मृत्यु भएपछि प्रहरीले केन्...
error: Content is protected !!