राधाकृष्ण रथयात्रा : ब्रेकसहितको रथ निर्माण हुँदै, अरु के छ नयाँ ?
विराटनगर । विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा परिचित छ । गतवर्ष जस्तै यसवर्ष पनि धुमधामका साथ रथयात्रा निकाल्ने तयारीलाई तीब्र पारिएको छ । वि.सं. १९८८ मा राधाकृष्ण मन्दिरबाट खटयात्रा सुरु गरिएको भएपनि वि.सं. २०२४ सालदेखि रथयात्रा सुरु गरिएको हो ।
यसपटक खटयात्राको ९४ औं र रथको ५८ औं संस्करण पूरा हुनेछ । ५८ औं संस्करणको रथयात्रामा रथको आकार फरक ...






























