मुलघाटको चन्द्रौटे बजार व्यवस्थित बनाइने

मुलघाटको चन्द्रौटे बजार व्यवस्थित बनाइने

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित चन्द्रौटे बजार क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ । मुलघाटको पुलसँगै जोडिएको दक्षिणी क्षेत्रको बजारलाई व्यवस्थित गर्न लागिएको हो । सो स्थानमा ३० भन्दा बढी व्यापारीले सडक क्षेत्रमा टहरा बनाएर यात्रुहरुलाई उखु बिक्री गर्ने गरेका छन् । अव्यवस्थित रुपमा रहेको सो क्षेत्रलाई व्यवस्थित गर्न लागिएको साँगुरीगढी गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द लिम्बूले जा...
सुन्दरहरैँचामा हायसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुन्दरहरैँचामा हायसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ दुलारीमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा सुन्दरहरैँचा-४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०८...
धनकुटाको सहिदभूमिमा पापानी पर्वको रौनक 

धनकुटाको सहिदभूमिमा पापानी पर्वको रौनक 

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा बसोबास गर्ने राई जातीको पापानी चाड सुरु भएको छ । स्थानीय राई जातीहरूले नयाँ बाली भित्र्याउने खुसियालीमा पापानी चाड मनाउने गर्दछन् । खासगरी सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरू यो पर्व मनाउने गर्दछन् । उनीहरूले स्थानीय बाजागाजासहित नाचगान तथा इष्ट देवताको पूजाआराधना गरी यो पर्व मनाउँछन् । कात्तिक शुक्ल पूर्णिमा पछिको आउने मंगलबार देखी सहिदभूमि-...
इटहरीमा पहिचान नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु 

इटहरीमा पहिचान नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु 

सुनसरी । सुनसरीको इटहरीमा पहिचान नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा पतिपत्नीको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको हो ।  आज दिउँसो ११ः५० बजे इटहरी-१७ बालग्राममा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएको ट्राफिक ब्यवस्था कार्यालय इटहरीका प्रहरी उपरीक्षक बिनोद घिम...
अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढी रोक्नुपर्छ : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढी रोक्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्नेमा जोड दिए । उनले एकै प्रकृतिका संरचना केन्द्रदेखि पालिकासम्म ...
सुनसरी घर भएका दम्पती सिनामंगलको होटलमा मृत फेला

सुनसरी घर भएका दम्पती सिनामंगलको होटलमा मृत फेला

विराटनगर । सुनसरीको दुहबी घर भएको दम्पती काठमाडौं स्थित सिनामंगलको एक होटलमा मृत भेटिएका छन् । सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी मृत भेटिएका हुन् । काठमाडौं प्रहरीका अनुसार उनीहरू सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू हिजो मात्रै क्यानडाबाट फर्किएको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू दुई वर्षपछि हिजो नेपाल फर्किएको पाइएको प...
विराटनगर जेसीजको अध्यक्षमा दाहाल निर्वाचित 

विराटनगर जेसीजको अध्यक्षमा दाहाल निर्वाचित 

विराटनगर । विराटनगर जेसीजको ५२ औं अध्यक्षमा प्रीतेशराज दाहाल निर्वाचित भएका छन् । जेसीजको सचिवालयमा भएको निर्वाचनबाट दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, तालिम निर्देशकमा सुभास भण्डारी, कार्यकारिणी उपाध्यक्षमा शिव शंकर मण्डल र अभिषेक भट्टराई निर्वाचित भए । यस्तै उपाध्यक्षमा अनुज दाहाल, मनोज तिवारी, शिवराज पोखरेल, रिजन सिग्देल र जनसम्पर्क अधिकारीमा अ...
कोशीका मुख्यमन्त्री कार्कीको घर छेउमा भेटियो शंकास्पद वस्तु

कोशीका मुख्यमन्त्री कार्कीको घर छेउमा भेटियो शंकास्पद वस्तु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर नजिक शंकास्पद वस्तु भेटिएको छ । झापाको गौरादह नगरपालिका–३ डिपु चोकस्थित मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु भेटिएको हो । झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार तारले बाँधेको दुइ वटा बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको भेटिएको छ । त्यहाँ कागजको चिर्कटो पनि छ । मुख्यमन्त्री कार्की आज बिहान घर पुगेका थिए । त्यहाँबाट उनी ब...
उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । पथरीशनिश्चरे नगरपालिका-५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका-४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र सोही स्थानका २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र ग...
उन्नत जातको मकैको बीउ वितरण 

उन्नत जातको मकैको बीउ वितरण 

विराटनगर । विराटनगर महानगरपालिकाले उन्नत जातको बीउ वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा महानगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बीउ (पाइनर जात ३३५५) वितरण गरिएको हो । महानगर क्षेत्रका एक सय ८५ घरधुरीका कृषकलाई १० लाख मूल्य बराबरको ७ सय ६९ केजी को मकैको बिउ वितरण गरिएको कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले बताए । विराटनगर महानगर क्षेत्रभित्र एक हजार तीन सय ७५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्य...
मोरङको बुढीगंगामा मानव कंकाल फेला

मोरङको बुढीगंगामा मानव कंकाल फेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-५ स्थित धान खेतमा मानव कंकाल फेला परेको छ । आज बिहान १० बजेतिर मानव कंकाल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । धान काट्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल धान खेतमा छरपस्ट अवस्थामा भेटिएको हो । कंकाल कति पुरानो हो भन्ने खुल्न सकेको छैन । कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञसहितको टोली अह...
विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षा शास्त्र सङ्कायको आयोजनामा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टमको परिकल्पना गर्दै दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । नेपालमा पहिलोपटक सम्मेलन हुन लागेको हो । सम्मेलन आगामी मंसिर २१ र २२ गते विराटनगरमा हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । सम्मेलनमा नेपाल, अमेरिका...
लागूऔषध रोकथामका लागि प्रदेश र स्थानीय तहले काम गर्नुपर्नेमा जोड

लागूऔषध रोकथामका लागि प्रदेश र स्थानीय तहले काम गर्नुपर्नेमा जोड

विराटनगर । नेपालमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या दिनहुँ बढिरहे पनि यसको रोकथामका लागि तीनै तहको सरकारले ध्यान नदिएको सरोकारवाला संस्थाले बताएको छ । रिकभरी नेपाल कोशी प्रदेशले विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रम गर्दै प्रदेश र स्थानीय सरकारले यसक्षेत्रमा कुनै काम नगरेको जनाएको हो । रिकभरी नेपालका अनुसार नेपालमा सन् २००७ मा ४६ हजार तीन सय नौ जना लागूऔषध प्रयोगकर्ता थिए । त्यसमा महिल...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरी-२ आँपगाछी चोक स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका निरज बजगाईँको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगर ल्याइएको थियो । उनको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु ...
उपनिर्वाचन : ग्रामथानमा स्वतन्त्रको चुनाव चिन्ह मुढा, कसैको उम्मेदवारी फिर्ता भएन

उपनिर्वाचन : ग्रामथानमा स्वतन्त्रको चुनाव चिन्ह मुढा, कसैको उम्मेदवारी फिर्ता भएन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा १६ जनाकै उम्मदेवारी कायम भएको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलले कसैको उम्मेदवारी फिर्ता नभएको संगालोखबरलाई जानकारी दिए । ग्रामथानको अध्यक्ष पदमा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई मुढा चुनावचिन्ह प्रदान गरिएको पौडेलले बताए । ‘१५ जना उम्मेदवारले दलकै चुनाव चिन्ह पाउनुभयो’, पौडेलले संगालोखबरसँग भने, ‘एक जना...
मोरङबाट २८ जना फरार प्रतिवादी पक्राउ 

मोरङबाट २८ जना फरार प्रतिवादी पक्राउ 

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले २८ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ । मोरङका विभिन्न स्थानबाट मंसिर १ गतेदेखि ५ गतेसम्ममा प्रहरीले २८ जना फरार प्रतिवादी पक्राउ गरेको हो । जिल्ला अदालत मोरङबाट कैद तथा जरिवाना तोकिएका तर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए । पक्राउ गरिएका प्रतिवादीलाई अदालतमा पेश गरिएको उनले बताए । ...
धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा

धनकुटाको सहिदभूमिमा दुई दिन स्थानीय बिदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । गत कात्तिक १३ गतेको कार्यपालिका बैठकले निर्णय गरे अनुसार दुई दिन बिदा दिइएको हो ।  प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीद्वारा जारी सूचनामा मंसिर ९ र १० गते स्थानीय बिदा दिएको जनाइएको छ ।   सूचनामा भनिएको छ, ‘आँखिसल्ला, खोकु र छिन्ताङमा बसोबास गर्ने राई समुदायले विशेष रूपमा मनाउने ‘वाढाङ्गमी’ को अवसरमा स्थानीय बिदा दिइएको हो ...
मन्टेश्वरीमा भौतिक संरचना निर्माण गर्न त्रिपक्षीय सम्झौता 

मन्टेश्वरीमा भौतिक संरचना निर्माण गर्न त्रिपक्षीय सम्झौता 

विराटनगर । विराटनगर-८ स्थित सुशिक्षा निकेतनमा मन्टेश्वरीका लागि भौतिक संरचना निर्माण हुने भएको छ । जसका लागि त्रिपक्षीय सम्झौता भएको छ । आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर-८, विद्यालय र राउन्ड टेबल-५ बीच सम्झौता भएको हो ।  वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चित्र पोखरेल र राउन्ड टेबलका तर्फबाट अध्यक्ष पीयूष लुनिया र सचिव राजन भगतले सम्झौता पत्रमा हस्...
वडाध्यक्षको उम्मेदवारी फिर्ता लिँदै नेकपा एसका उम्मेदवार एमाले प्रवेश

वडाध्यक्षको उम्मेदवारी फिर्ता लिँदै नेकपा एसका उम्मेदवार एमाले प्रवेश

सुनसरी । सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्षको उम्मेदवारी दिएका डमी उराँव उम्मेदवारी फिर्ता लिँदै एमालेमा प्रवेश गरेका छन् । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा एकीकृत समाजवादी पार्टीबाट वडाध्यक्षको उम्मेदवार बनेका उनी उम्मेदवारी फिर्ता लिँदै आज एमाले प्रवेश गरेका हुन् । उनले नेकपा एमालेका उम्मेदवार सन्तु उराँवलाई सहयोग गर्न आग्रह गर्दै पुरानै घरमा फर्किएको बताएका छन् । उनले भनेका छन्, ‘आफ...
सुनसरीबाट लागूऔषधसहित सात जना पक्राउ

सुनसरीबाट लागूऔषधसहित सात जना पक्राउ

सुनसरी । सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित सात जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  कोशी गाउँपालिका-१ छोटी भन्सार कार्यालय अगाडिबाट भोक्राहा नरसिंह गाउँपलालिका-२ का १९ वर्षीय साजन सदा एक ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।  बराहक्षेत्र नगरपालिका-९ का २२ व...
सुनसरीमा स्कारपियोको ठक्करबाट सफारी चालकको मृत्यु

सुनसरीमा स्कारपियोको ठक्करबाट सफारी चालकको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-२ शिवचोक स्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु भएको छ । स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका सफारी चालक रामधुनी-५ की ३६ वर्षीय सोनिया कुमारी चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । पूर्वतर्फ जाँदै गरेको प्र १-०२-००४ ह ४३१५ नम्बरको सफारीलाई सोही दिशा तर्फ जाँदै गरेको यूपी १६ इके १९८९ नम्बरको भारतीय स्कारपियोले पछाडिबाट ...
धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

धनकुटामा गरियो एभोकाडोसहित स्थानीय उत्पादनको प्रदर्शनी

धनकुटा । धनकुटामा एभोकाडोसहित स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिएको छ । धनकुटा नगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धन र किसान एवं उद्यमीहरुलाई प्रोत्साहनका लागि नगरपालिकाको प्राङ्गणमा मगलबार एक दिने प्रदर्शनी आयोजना गरेको हो । पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले दिप प्रज्वलन गरेर प्रदर्शनी उद्घाटन गरे । कार्यक्रममा बोल्दै सांसद राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुट...
धनकुटामा कांग्रेस-एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन

धनकुटामा कांग्रेस-एमालेको संयुक्त राजनीतिक संयन्त्र गठन

धनकुटा । धनकुटामा नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय राजनीतिक संयन्त्र गठन भएको छ । श्रीवानीस्थित एमाले पार्टी कार्यालयमा आज बसेको दुई दलका पदाधिकारीहरुको बैठकले नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईको संयोजकत्वमा ६ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो । संयन्त्रमा कांग्रेस र एमालेबाट तीन/तीन जना सहभागि भएका छन् । संयन्त्रको सदस्यमा नेपाली कांग्रेसबाट सभापति दि...
धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादन प्रदर्शन (फोटो फिचर)

धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादन प्रदर्शन (फोटो फिचर)

धनकुटा । धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिएको छ । धनकुटा नगरपालिकाको आयोजनामा आज प्रदर्शनी आयोजना गरिएको हो । एभोकाडोसँगै विभिन्न स्थानीय उत्पादनहरू प्रदर्शनीमा राखिएको थियो । विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकसँगै स्थानीयहरूले प्रदर्शनी अवलोकन गरेका थिए । सो अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । हेर्नुहोस् प्रदर्शनीका तस्बिरहरू :  ...
धनकुटामा रुखले किचेर एक जनाको मृत्यु

धनकुटामा रुखले किचेर एक जनाको मृत्यु

धनकुटा । धनकुटामा रुखले किचेर एक जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका-२ का जनक मगरको रुखले किचेर मृत्यु भएको हो । आज महालक्ष्मी-४ स्थित बतासे टोलमा काट्ने क्रममा रूख लडेर मगरलाई थिचेको थियो । घटनाको जानकारी पाउन साथ प्रहरी चौकी चानुवाको टोली घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । घटनास्थलमा पुगेपछि थप जानकारी प्राप्त हुने धनकुटाका प्रहरी ...
ड्रागन खेतीबाट मनग्य आम्दानी, फर्ममै पुग्छन् उपभोक्ता 

ड्रागन खेतीबाट मनग्य आम्दानी, फर्ममै पुग्छन् उपभोक्ता 

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-१ मा रहेको जय श्रीराम एग्रो फर्मले ड्रागन खेतीबाट मनग्य आम्दानी गर्न थालेको छ । तीन वर्ष अगाडि १० लाख ५० हजारको लगानीमा सुरु गरिएको ड्रागन खेतीबाट राम्रो आम्दानी हुन थालेको हो । दुई बिघा १० कठ्ठा क्षेत्रफलमा १५ सय पोलमा बिरुवा लगाएर सुरु गरिएको ड्रागन खेती थप फस्टाउँदै गएको फर्म सञ्चालक मध्येका तीर्थराज घिमिरेले बताए । उनले भने, ‘एक पोल बराबर चार वटा बिरुवा ल...
मेची भन्सारबाट चिया निर्यात बढ्यो

मेची भन्सारबाट चिया निर्यात बढ्यो

झापा । मेची भन्सार कार्यालयबाट चिया निर्यात बढेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६९.२२ प्रतिशतले चिया निर्यात बढेको हो । भन्सार कार्यालयका अनुसार साउन देखि कात्तिकसम्म आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो । परिमाण बढेसँगै मूल्य पनि ६७.८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो चार महिनामा दुई अर्ब २० करोड ४८ ...
उपनिर्वाचन : ग्रामथानको अध्यक्ष पदका उम्मेदवारमाथि उजुरी परेन

उपनिर्वाचन : ग्रामथानको अध्यक्ष पदका उम्मेदवारमाथि उजुरी परेन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारमाथि कुनै पनि किसिमको उजुरी परेको छैन । हिजो दिउँसो ३ बजेसम्म उम्मेदवारमाथि उजुरी गर्ने समय तोकिएको थियो । सो समयभित्र कसैमाथि पनि कुनै किसिमको उजुरी नपरेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । ग्रामथानको प्रमुख पदमा दलबाट १५ र १ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता भएको छ । आज साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारको नाम...
पहिचान पक्षधरद्वारा आन्दोलन घोषणा, कोशी नामको लेटर प्याड र छाप नचलाउन आग्रह

पहिचान पक्षधरद्वारा आन्दोलन घोषणा, कोशी नामको लेटर प्याड र छाप नचलाउन आग्रह

विराटनगर । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै समितिले नयाँ चरणको आन्दोलन घोषणा गरेको हो । ‘वार्ताको क्रममा भएका निर्णयहरूको कुनै काम सरकार पक्षले पुरा नगरेकोले वार्ता स्वतः भङ्ग छ’, समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हिजो विराटनगरमा जनप्रदर्शनको साथ विरोध सभाबाट नयाँ चरणको आन्दोलन घोषणा गर्न बाध्य भयौँ ...
विराटनगर-५ मा राधाकृष्णको मन्दिर निर्माण हुने

विराटनगर-५ मा राधाकृष्णको मन्दिर निर्माण हुने

विराटनगर । विराटनगर-५ कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण हुने भएको छ । स्थानीयको सक्रियतामा मन्दिर निर्माण हुन लागेको हो । आज एक कार्यक्रमको बीच विराटनगरका मेयर नागेश कोइरालाले मन्दिरको शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै मेयर कोइराला भाषा, धर्म, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, नेक...
धनकुटामा २६ हजार गाँजाको बोट नष्ट 

धनकुटामा २६ हजार गाँजाको बोट नष्ट 

धनकुटा । धनकुटामा २६ हजार गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । विभिन्न स्थानमा आफैँ उम्रिएको गाँजाको बोट फडानी गरी नष्ट गरिएको हो । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले नौ हजार तीन सय गाँजाको बोट नष्ट गरेको छ । सहिदभूमि गाउँपालिका-५ को १३ रोपनी क्षेत्रफलबाट उक्त गाँजाको बोट नष्ट गरिएको प्रहरीले जनाएको छ । साँगुरीगढी गाउँपालिका-८ को पाँच रोपनी क्षेत्रफलबाट सात हजार र पाख्र...
error: Content is protected !!