झापामा सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

झापामा सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

झापा । झापामा मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका जोरघरे की ५४ वर्षीया चन्द्रमाया नेम्वाङ छिन् । उनको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार उनी घरदेखि १० मिटर पूर्व उत्तरमा रहेको खेतमा सिँचाइ गर्दै थिइन् । सोही बेला करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भ...
सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थित भीमनगर बोर्डर पोष्टबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ का २६ वर्षीय राजेश कुमार रजक र वडा नम्बर १ का २५ वर्षीय राजेश चमार रजक छन् । उनीहरूको साथबाट एक हजार दरका ३८ थान नक्कली रुपैयाँमा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । भारतबाट नेपालतर्फ आउँदै गरेको ल...
कोशीमा २२ वटा ट्रान्सफर्मर चोरीमा संलग्न ‘विज्ञ’ गिरोह नै पक्राउ

कोशीमा २२ वटा ट्रान्सफर्मर चोरीमा संलग्न ‘विज्ञ’ गिरोह नै पक्राउ

विराटनगर । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीबाट योजनाबद्ध तरिकाले ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ परेको छ । प्रादेशिक अपराध अनुसन्धान समूहको नेतृत्वमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन मार्फत चोरीमा संलग्न भएका र चोरीको सामान किनेको आरोपमा पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छ । ट्रान...
धनकुटाको विकास र समृद्धिका लागि एमालेले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

धनकुटाको विकास र समृद्धिका लागि एमालेले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

विराटनगर । नेकपा एमाले धनकुटाले जिल्लाको विकास र समृद्धिका लागि आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले धनकुटाको प्रतिनिधिमूलक टोलीले विराटनगरमा मुख्यमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राई, प्रदेश सभा सदस्य निरन राई, एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपालसह...
पाँचथरमा विद्यालय हिँडेका दाजु-बहिनी पाँच दिनपछि मृत फेला

पाँचथरमा विद्यालय हिँडेका दाजु-बहिनी पाँच दिनपछि मृत फेला

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-१ को बिरुवा खोलामा दाजु-बहिनी मृत फेला परेका छन् । पाँच दिनदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र ५ वर्षीया छोरी नानुमा भन्ने नुमा राई आज बिहान मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङका अनुसार विद्यालय जान भनेर हिँडेका उनीहरू साउन १५ गतेबाट बेपत्ता भएका थिए । उनीहरूको खोजी भइरहेकोमा आज बिहान करिब ९...
मोरङको उर्लाबारी र बेलबारीका दुई पुरुष धान खेतमा मृत फेला

मोरङको उर्लाबारी र बेलबारीका दुई पुरुष धान खेतमा मृत फेला

विराटनगर । मोरङको उर्लाबारी र बेलबारीमा दुई पुरुष मृत फेला परेका छन् । उनीहरू धान खेतमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-२ का २५ वर्षीय सुशील लिम्बूको शव आज बिहान धानखेतमा भेटिएको हो । घरछेउमै रहेको खेतमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । लिम्बूमा यो भन्दा पहिला पनि आफैँ बेहोस हुने समस्या रहेको प्रारम्भ...
काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको बसका यात्रु ब्राउन सुगरसहित पक्राउ 

काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको बसका यात्रु ब्राउन सुगरसहित पक्राउ 

विराटनगर । झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बसका एक यात्रु लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का २८ वर्षीय बालकुमार पाण्डे छन् । बा. प्र.०३-००१ ख २९९६ नम्बरको बसमा सवार उनलाई सोमबार राति सुनसरीको कोशी गाउँपालिकाबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनको साथबाट ४४ ग्राम तीन सय ९० मिलिग्राम ला...
विराटनगरमा बहुविवाह सम्बन्धी प्रस्तावित मस्यौदाको विरोध (फोटो फिचर)

विराटनगरमा बहुविवाह सम्बन्धी प्रस्तावित मस्यौदाको विरोध (फोटो फिचर)

विराटनगर । विराटनगरमा बहुविवाह सम्बन्धी प्रस्तावित मस्यौदाको विरोध गरिएको छ । आज महिला मानव अधिकार रक्षक संजाल, मानव अधिकार संजाल र गैर सरकारी संस्था महासंघ मोरङले संयुक्तरूपमा विरोध गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्ले कार्डसहित ट्राफिक चोकमा भेला भएर बहुविवाह सम्बन्धि प्रस्तावित मस्यौदाको विरोध गरेका हुन् । ‘महिलाको शरीरमाथिको नियन्त्रण बन्द गर’, ‘हाम्रो एकता महिला अधिकारका लागि...
एक जनाको मृत्यु, १० जना घाइते काठमाडौं रेफर हुँदा ६ जना डिस्चार्ज

एक जनाको मृत्यु, १० जना घाइते काठमाडौं रेफर हुँदा ६ जना डिस्चार्ज

विराटनगर । खोटाङको हलेसी दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री चढेको माइक्रो दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सिरहाको नहरा गाउँपालिका-३ की अन्दाजी २५/३० वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो । उनलाई घटनास्थलबाट उद्धार गरेर उपचारका लागि कटारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १६ जना घाइते छन् । घाइतेमध्ये १० जनालाई थप उपचारका लागि का...
मोरङको पथरीबाट जरायोको सिङसहित दुई जना पक्राउ

मोरङको पथरीबाट जरायोको सिङसहित दुई जना पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चिरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक हस्तबहादुर सुनारका अनुसार निरजको घरबाट जरायोको सिङ बरामद भएको हो । उनको घरमा जरायोको सिङ लुकाएर राखेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो । सोही आधारमा इ...
यी हुन खोटाङ दुर्घटनामा घाइते हुनेहरू (नामावलीसहित)

यी हुन खोटाङ दुर्घटनामा घाइते हुनेहरू (नामावलीसहित)

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा माइक्रो दुर्घटना घाइते हुनेहरूको पहिचान खुलेको छ । आज बिहान हलेसीबाट सिरहाको गालबजारतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १७ जना घाइते भएका छन् भने चालक सिरहा नगरपालिका-३ सारसोर का २८ वर्षीय रामनाथ साह फरार छन् । घाइतेहरूको उपच...
खोटाङ दुर्घटना अपडेट : ६ जना घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ दुर्घटना अपडेट : ६ जना घाइतेलाई काठमाडौं लगिँदै

विराटनगर । खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्कँदै गरेको माइक्रो दुर्घटनामा घाइते भएका मध्ये ६ जनालाई काठमाडौं रिफर गरिएको छ । घुर्मी स्वास्थ्य चौकीले उनीहरूलाई काठमाडौं रेफर गरेको हो । ‘अन्य घाइतेहरूको घुर्मीमै उपचार भइरहेको छ । ६ जनालाई अस्पतालले काठमाडौं रेफर गरेको छ’, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रतीक बिष्टले संगालोखबरसँग भने, ‘१७ जना घाइते भएका छन् । अहिलेसम्म घाइतेमध्...
ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ

ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ गरेका छन् । झापाबाट दुई, मोरङबाट एक र धनकुटाबाट दुई जना छन् । धनकुटाको चौबिसे गाउँपालिका-६ का मुकेश विश्वकर्मा र दिवश राई दुई किलो गाँजासहित पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस्तै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी...
हलेसीबाट गोलबजार जाँदै गरेको माइक्रो दुर्घटना

हलेसीबाट गोलबजार जाँदै गरेको माइक्रो दुर्घटना

विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा माइक्रो दुर्घटना भएको छ । आज बिहान हलेसीबाट सिरहाको गोलबजारतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००५३ नम्बरको माइक्रो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । खोटाङ प्रहरीका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार माइक्रोमा १८ जना यात्रु रहेको अनुमान गरिएको छ । १३ जना घाइतेहरूलाई उद्दार गरेर उपचारका लागि घुर्मीतर्फ पठाइएको ...
सप्तकोशीमा पानीको बहाव उच्च

सप्तकोशीमा पानीको बहाव उच्च

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा अनुसार कोशी ब्यारेजमा एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाइएको छ । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि...
बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग

बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग

धनकुटा । बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल धनकुटाले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । उनीहरूले कानुनी संरचनालाई कमजोर पार्ने खतरा उत्पन्न हुने भन्दै पहिलो प्रस्तावित मस्यौदालाई तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन् । यस्तै महिला हिंसाका स्वरूपहरूल...
विराटनगरको एभरेष्टमा ‘नमूना संयुक्त राष्ट्रसङ्घको अभ्यास’ कार्यक्रम हुने 

विराटनगरको एभरेष्टमा ‘नमूना संयुक्त राष्ट्रसङ्घको अभ्यास’ कार्यक्रम हुने 

विराटनगर । विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूले ‘प्रथम एभरेष्ट नमूना संयुक्त राष्ट्रसङ्घको अभ्यास’ कार्यक्रम गर्ने भएका छन् । विद्यार्थीहरूको नेतृत्व  र व्यक्तित्व विकासका लागि साउन २१, २२ र २३ गते कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको उद्‌घाटन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नेछन् । कार्यक्रम संयोजक इशल भट्टराईका अनुसार तीन दिनसम्...
बर्जुमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, मोटरसाइकलमा सवार पति-पत्नी घाइते

बर्जुमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, मोटरसाइकलमा सवार पति-पत्नी घाइते

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा बर्जु-१ का ४५ वर्षीय शत्रुधन मेहताको मृत्यु भएको हो । गम्भीर घाइते भएका मेहताको विराट नर्सिङ होममा उपचारका क्रममा आज बिहान २ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको स १ प ९१६० नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको थियो । ...
धरानबाट २४ किलो गाजाँसहित धनकुटाका दुई जना पक्राउ

धरानबाट २४ किलो गाजाँसहित धनकुटाका दुई जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० सिरिसेबास स्थित हिले खोलाबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-८ जलाराका ३२ वर्षीय बिरेन राई र खुडीका ३८ वर्षीय मोहन राई छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरू दुई वटा मोटरसाइकलमा धरानतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले को ...
बर्जुबाट विराटनगर आउँदै गरेको अटोबाट १२८ किलो गाँजा बरामद

बर्जुबाट विराटनगर आउँदै गरेको अटोबाट १२८ किलो गाँजा बरामद

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ बाट प्रहरीले एक सय २८ किलो गाँजा बरामद गरेको छ । शुक्रबार राति करिब ७ः४० बजे केसलिया खोला हुँदै विराटनगरतर्फ आउँदै गरेको को २ ह १५१४ नम्बरको अटोबाट गाँजा बरामद भएको हो । विशेष सूचनाका आधारमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्‍नासाथ अटो छोडेर चालक उखुबारीतिर भागेर फरार भएका छन् । उनको खोजी भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दि...
चियासँग कविता : धनकुटाकी जोत्सना प्रथम

चियासँग कविता : धनकुटाकी जोत्सना प्रथम

धनकुटा । धनकुटामा ‘चियासँग कविता’ २५ औं शृङ्खलामा पुगेको अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा जोत्सना अधिकारी प्रथम भएकी छन् । रेडियो धनकुटा एफएमको संयोजनमा भएको खुल्ला कविता प्रतियोगितामा अधिकारी प्रथम भएकी हुन् । यस्तै प्रतियोगितामा दृष्टि श्रेष्ठ द्वितीय तथा समीक्षा अधिकारी तृतीय हुँदा डिआर फुँयाल सान्त्वना स्थान हासिल गरे । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुनेहरूले क्...
तेह्रथुमको बसन्तपुरमा बस दुर्घटना

तेह्रथुमको बसन्तपुरमा बस दुर्घटना

विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिका-१ देउराली घुम्तीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । संखुवासभाबाट दमक जाँदै गरेको बा २ ख ७२४४ नम्बरको बस आज बिहान करिब १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि बसन्तपुर अस्पताल लगिएको तेह्रथुमका प्रहरी प्रवक्ता इन्स्पेक्टर रोशन कामतीले जानकारी दिए । ‘बस सडकबाट करिब १ सय मिटर तल खसेको छ,’ प्रहरी निरीक्षक ...
दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-२ पचिरामा शुक्रबार राति दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सुनसरीको गढी गाउँपालिका-२ का १८ वर्षीय नजामुदिन मियाँको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । दुहबीबाट इनरुवातिर जाँदै गरेको को ६ प ५२४१ नम्बरको मोटरसाइकल र इनरुवाबाट दुहबीतिर आउँदै गरेको को ३२ प १...
प्राज्ञिक विद्यार्थी परिषदद्वारा उदयपुरका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषदद्वारा उदयपुरका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

उदयपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले उदयपुरका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा दुई विद्यालयका एक सय १० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । त्रियुगा नगरपालिका-१० को बालमन्दिर माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका-११ को त्रियुगा माध्यमिक विद्यालय गाईघाटका विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको छ । ...
झापामा स्कुल भ्यान दुर्घटना, १९ जना घाइते

झापामा स्कुल भ्यान दुर्घटना, १९ जना घाइते

विराटनगर । झापामा स्कुल भ्यान दुर्घटना हुँदा विद्यार्थी बालबालिकासहित १९ जना घाइते भएका छन् । आज बिहान पारिजात पब्लिक स्कुलको भ्यान मेचीनगर नगरपालिका-९ खुट्टीडाँगीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । मागुरमाडीबाट विद्यार्थी बोकेर पारिजात पब्लिक स्कुलतर्फ जाँदै गरेको मे १ ज ३१०७ नम्बरको भ्यान बिहान १० बजेतिर दुर्घटनामा परेको झापा प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रब...
धनकुटामा चार हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धनकुटामा चार हजार जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले हालसम्म चार हजार जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ । २० हजार चार सय २५ जनाको परिचय पत्र छापिएर आएको भएपनि सेवाग्राही नआउँदा वितरणमा समस्या भएको हो । प्रशासन कार्यालय धनकुटामा गत असार मसान्तसम्म ४२ हजार नागरिकले राष्ट्रिय परिचय पत्रको फारम भरेका थिए । जसमध्ये २० हजार चार सय २५ जनाको मात्रै परिचय पत्र छापिएर आएकोमा चार हजारले मात्रै लगेका छन् । ब...
टंकीसिनवारी जेसिजले ‘भिम–अजिता’ वक्तृत्वकला प्रतियोगिता गर्ने

टंकीसिनवारी जेसिजले ‘भिम–अजिता’ वक्तृत्वकला प्रतियोगिता गर्ने

विराटनगर । मोरङको टंकीसिनवारी जेसिजको आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । आगामी भदौ २७ गते विराटनगरमा ‘भिम-अजिता ओराटोरि च्याम्पियनसिप’ हुने भएको हो । प्रतियोगितामा देशभर रहेका एक सय ८४ जेसिज शाखा तथा जुनियर जेसिज शाखाका प्रतिनिधिहरूले प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमबारे टंकीसिनवारी जेसिजले विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । खुला सहभागितामा हुने यस राष्ट्रिय स्तरक...
विराटनगरमा ‘अर्गानिक घर’को नयाँ शाखा

विराटनगरमा ‘अर्गानिक घर’को नयाँ शाखा

विराटनगर । विराटनगरमा ‘अर्गानिक घर’को नयाँ शाखा संचालनमा आएको छ । अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित ट्राफिक चोकस्थित रेन्बो गल्लीमा नयाँ शाखा संचालनमा ल्याइएको हो । नयाँ शाखाको उद्‌घाटन विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरला कार्कीले गरेकी थिइन् । पुरानो पसल छेउमा नै नयाँ शाखा विस्तार गरिएको अर्गानिक घरका निर्देशक अभिषेक गौतमले बताए । अर्गानिक घरले स्वदेशी उत्पादनलाई प्...
पाँचथरमा ससुराली पुगेर श्रीमतीको हत्या, आरोपी पक्राउ

पाँचथरमा ससुराली पुगेर श्रीमतीको हत्या, आरोपी पक्राउ

विराटनगर । पाँचथरमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फालेलुङ गाउँपालिका-७ आहाले घर भएका २७ वर्षीय महेन्द्र तामाङले २२ वर्षीया श्रीमती अनु राईको हत्या गरेका हुन् । प्रहरीका अनुसार घटना फिदिम नगरपालिका-१ नाम्दुमा बिहीबार राति करिब १० बजे भएको हो । विवादका क्रममा तामाङले श्रीमतीको टाउकोमा कोदालोको पासोले हानेको खुलेको प्रहरीले जनाएको छ । कोदालोको पासो प्रहारबाट गम्भीर घ...
विराटनगरमा मासु पसल अनुगमन, बाख्राको मासु बरामद

विराटनगरमा मासु पसल अनुगमन, बाख्राको मासु बरामद

विराटनगर । विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमन गरेको छ । मापदण्डविपरीत माछामासु पसल सञ्चालन गरेको व्यापक गुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरको कृषि तथा पशुपक्षी शाखाका संयोजक हिरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछामासु पसलको अनुगमन गरिएको छ । विराटनगर-९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मा...
राधाकृष्ण रथयात्रा : ब्रेकसहितको रथ निर्माण हुँदै, अरु के छ नयाँ ? 

राधाकृष्ण रथयात्रा : ब्रेकसहितको रथ निर्माण हुँदै, अरु के छ नयाँ ? 

विराटनगर । विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा परिचित छ । गतवर्ष जस्तै यसवर्ष पनि धुमधामका साथ रथयात्रा निकाल्ने तयारीलाई तीब्र पारिएको छ । वि.सं. १९८८ मा राधाकृष्ण मन्दिरबाट खटयात्रा सुरु गरिएको भएपनि वि.सं. २०२४ सालदेखि रथयात्रा सुरु गरिएको हो । यसपटक खटयात्राको ९४ औं र रथको ५८ औं संस्करण पूरा हुनेछ । ५८ औं संस्करणको रथयात्रामा रथको आकार फरक ...
error: Content is protected !!